मिरिक: मिरिकमा प्रत्येक शनिबार लाग्ने मिरिक गाेर्खा रैथाने हाटकाे दाेस्राे सप्ताह हाट भर्नेहरूकाे भीड देखियाे।मिरिक कृष्ण नगरमा रहेको एक्युरियम नगीच उक्त हाट गत शनिबारदेखि लाग्न थालेपछि हाटले लाेकप्रियता पाएकाे छ। गैर सरकारी संस्था लेट्स गाे फाउण्डेसनकाे पहल अनि रिम्बिक फ्रेसका निर्देशक मिङमा गिर्मी शेर्पाकाे मार्ग निर्देशनमा शुरू भएकाे हाटकाे दाेस्राे सातामा गाउँ बस्तीमा उत्पादित साग सब्जी, माछा मासु, जातीय खाद्य, फलफूल आदि बिक्रीकाे लागि राखिएकाे थियाे भने हाटमा स्थानीय मानिस अनि मिरिक पर्यटन केन्द्रमा घुम्न आउने पर्यटकहरूकाे भीड देखियाे। लेट्स गाे फाउण्डेसनका सचिव श्रीदर्शन गुरूङले सबैकाे सहयाेग र सहभागिताले हाटकाे दाेस्राे साता राम्राे भएकाे जसमा स्टलहरू पनि बढेकाे बताए। हाटकाे महत्त्व र उद्देश्यबारे रिम्बिक फ्रेसका निर्देशक मिङमा गिर्मी शेर्पाले दार्जिलिङ पहाडमा शुरू भएकाे गाेर्खे हाटले यहाँकाे स्वनिर्भरता र अर्थतन्त्रमा ठूलाे क्रान्तिकाे सूत्रपात गरिसकेकाे बताएका छन्। उनले तीन चार वर्षदेखि म भाेकल फर लाेकलकाे नारा लिएर कार्य गरिरहेका थिए। यसलाई सफल बनाउन एकल सम्भव थिएन।सबैकाे सहभागिताकाे खाँचाे अनुभव गरिएकाे हाे। यसैबीच कालेबुङकाे आकाश काे-अपरेटिभ साेसाइटीले कालेबुङमा हाट लगायाे। जाे अति सफल भयाे। यसपछि खरसाङमा शुरू भयाे। त्यहाँ पनि सफल भयाे भन्दै अब मिरिकमा गाेर्खा रैथाने हाट शुरू भएकाे छ। मिरिकमा सबैभन्दा राम्राे हाट लाग्छ भन्ने हामीले आशा गरेका छाैं भने।उनले मिरिकमा हाट लाग्ने ठाउँ पनि राम्राे पाएका छाैं। यहाँ दैनिक पर्यटकहरूकाे पनि आगमन भइरहन्छ। यसैले मिरिककाे हाट सुन्दर र सफल हुने कुरामा म विस्वस्त छु भने। उनले दार्जिलिङ पहाडमा सरकारी, गैर सरकारी नाेकरीहरू गर्नेहरूले गरिरहेका छन्। यहाँ ठूला ठूला ओहोदामा हाम्रा मानिसहरू पुगि सकेका छन्। तर पहाडमा एउटा व्यापारकाे स्पेस छाेडिएकाे थियाे। व्यापार छाेडिएकाे स्पेस हाे अब हामीले व्यापार गरेर स्वनिर्भर बन्नपर्छ। यहाँकाे अर्थतन्त्रलाई बलियाे बनाउनुपर्छ भन्दै व्यापार गर्न धेरै पढ्न पर्दैन। सबैले किरायकाे दाेकान चलाएर व्यापार गर्न सक्दैन्। तर गाेर्खा हाटमा सबै जाेडिएर व्यापार गर्न सक्छन्।आफ्नाे ब्यापारलाई बडाएर भावी सन्तानकाे भविष्य पनि उज्जवल बनाउन सकिन्छ भने। गाेर्खे हाटले हामीलाई व्यापार गर्न सिकाँउछ भन्दै शेर्पाले यहाँ व्यापार गर्न सिकेर बजारमा निस्किनुपर्छ अनि आत्मनिर्भर बन्न सकिन्छ भने। उनले गाेर्खे हाट मेला हाेइन बाजाे जमीनलाई हरियाे बनाउने एउटा अभियान पनि हाे भन्दै गाेर्खे हाटकाे माध्यमद्वरा गाउँ बस्तीका कृषकहरूलाई धेरै लाभ हुनेछ अनि कृषकहरूलाई खेती गर्न प्राेत्साहित पनि गर्ने गर्दछ भने। उनले गाेर्खा शब्दकाे गरिमालाई माथि राख्ने कार्य पनि गाेर्खे हाटले गरिरहेकाे जानकारी गराउँदै गाेर्खे हाटमा आफ्नै ठाँउमा उत्पादित सर सामाग्रीहरू राखिनेछ भने।