कोलकाताः वर्ष २०२३ मा सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसका नेताहरूले कलकत्ता हाईकोर्टका न्यायाधीशहरूमाथि सीधा रूपमा निजी हमला गरेका थिए, जुन चर्चामा रहेको थियो। न्यायमूर्ति राजशेखर मन्थादेखि लिएर न्यायाधीश अभिजित गांगुली र न्यायाधीश जय सेनगुप्तादेखि लिएर अमृता सिन्हासम्म बंगालमा सत्ताधारी दलका नेताहरूको तारोमा रहे।
यस विषयमा कलकत्ता हाईकोर्टका एक वरिष्ठ उकील एवं माकपाका राज्यसभा सदस्य विकास रन्जन भट्टाचार्यले प्रश्न चिह्न खड़ा गरेका छन्। उनले भने, तृणमूल नेताहरूले यसो गरेर धेरै गलत उदाहरण पेश गरेका छन्। यदि यसलाई तुरन्तै रोकिएन भने यस खतरनाक प्रवृत्तिले निकट भविष्यमा न्याय व्यवस्थामाथि आघात पुऱ्याउनेछ।
हाईकोर्टमा यस्तो पहिले पनि हुँदै आएको छ जब न्यायाधीशहरू र उकीलहरूबीच विभिन्न मुद्दाहरूमा सहमति बनेन वा विवाद रह्यो। तर यस्ता उदाहरण धेरै कम छन्, जब सीधा रूपमा जजलाई निशाना बनाइयो या कोर्टको बहिष्कार गरियो। यो प्रवृत्ति धेरै खराब हो। तृणमूल कांग्रेसले पश्चिम बंगाललाई २०२३ को यही उपहार दिएको छ।
-हिस