कोलकाताः अयोध्यामा राम मन्दिर उद्घाटनलाई केन्द्र गरी भइरहेका आयोजनहरूमा ममता क्याबिनेटमा मन्त्री फिरहाद हकीमले कटाक्ष गरेका छन्। शनिवार उनले भऩे, अयोध्यामा जे पनि भइरहेछ, त्यो अन्तिम समयमा राम नाम लिनु जस्तो हो। हामी सेवामा विश्वास गर्छौं। रामकृष्णको आदर्शहरूको पालन गर्दै हामी जे पनि गर्नसक्छौं, त्यसमा विश्वास गर्छौं। त्यहाँ (अयोध्या) जे भइरहेछ, त्यो मृत्युको समय राम नाम लिनु जस्तो हो।
ट्रेनहरूलाई हरियो झण्डा देखाइनुलाई उनले भने, मेरा एक परिचित आएका थिए। उऩले बताए, ट्रेन जतिको स्पीडमा कुदिरहेको छ, उतिनै तीव्र गतिमा हल्लिरहेछ। यसले गर्दा स्पीड ट्रेनहरूको उद्घाटन भइरहेछ तर इन्फ्रास्ट्रक्चर छैन। पहिले यात्रीहरूको सुरक्षा सुनिश्चित गरिनुपर्छ। तृणमूलभित्र गुटबाजीबारे उनले भने, यस्तो केहीपनि छैन। पार्टीमा जेपनि छ, उनका नेता ममता ब्यानर्जी हुन्। उनलाई नै देखेर हरेकले राजनीति गर्दछ।
-हिस









