कोलकाताः नेताजी सुभाष चन्द्र बोसद्वारा स्थापित अल इण्डिया फरवर्ड ब्लक (एआईएफबी) २०२४ को लोकसभा चुनाउको निम्ति व्यापक स्तरमा जनसम्पर्क अभियान चलाइरहेछ। वाम मोर्चामा सामेल फरवर्ड ब्लकले नयाँ वर्षदेखि पश्चिम बंगालमा तीन महिनाको “हर घर नेताजी” अभियानको शुरूआत गर्नेछ।
फरवर्ड ब्लकका राज्य सचिव नरेन चटर्जीले शनिवार भने, यो कार्यक्रम १ जनवरीदेखि शुरू हुनेछ र ३१ मार्चसम्म जारी रहनेछ। यी तीन महिनामा हाम्रा कार्यकर्ताले राज्यका कम्तीमा तीन लाख परिवारहरूसम्म नेताजी र उनको राष्ट्रनिर्माणको विचारहरूको साथ पुग्नेछन्। वर्तमान भारतीय समाज एक संकटकालमा छ, जहाँ सामान्य मानिसहरूको जीवन संकटमा छ। हामी महसूस गर्छौं, नेताजीको राष्ट्रको विकासमा विचार उन्नतिको मार्ग हो। यसैले हामीले पश्चिममा यस अभियानको शुरूआत गर्ने निर्णय लिएका छौं।
राजनीतिक पर्यवेक्षकहरूको भनाई छ, यो अभियान “घर घर मोदी” को भाजपाको नाराको जवाफ हो। यस अभियानको निर्णय यस वर्ष हैदराबादमा अल इण्डिय फरवर्ड ब्लकको १९औं पार्टी कांग्रेसमा लिइएको थियो।
-हिस