एयर इण्डिया एक्सप्रेसको कोलकाता-अयोध्या फ्लाइट १७ जनवरीदेखि आरम्भ

520px-Boeing_737-8HJ_Air_India_Express_AN1157698.jpg

काेलकाता: अयोध्या धाममा भगवान श्रीरामको भव्य औ दिव्य मन्दिरको उद्घाटन हुनअघि कोलकातादेखि अयोध्यासम्मको लागि विमानको सञ्चालन शुरू हुनेछ। एयर इण्डिया एक्सप्रेसले सोझो विमानको घोषणा गरेको छ।

एयरलाइन कम्पनीले भन्यो, कम्पनीले आगामी १७ जनवरीदेखि अयोध्या-कोलकाताबीच सोझो उड़ान शुरू गर्नेछ। यसको साथै अयोध्यादेखि बेङ्गलुरूमाझ पनि उड़ान शुरू हुनेछ।

बयान अनुसार एयरलाइनले शनिवार अयोध्याको महर्षि वाल्मीकि अन्तरराष्ट्रिय हवाईअड्डाको उद्घाटनसितै अयोध्या-दिल्लीबीच उड़ानहरूको परिचालन शुरू गर्नेछ। कम्पनीका मुख्य वाणिज्यिक अधिकारी अङ्कुर गर्गले भने, ”हाम्रो नेटवर्कमा महत्वपूर्ण केन्द्रहरूको रूपमा बेङ्गलुरू औ कोलकाताले अयोध्याको प्रवेश द्वारको रूपमा काम गर्नेछ। यसबाट दक्षिण भारत एवं पूर्वी भारतका तिर्थ यात्रीहरूलाई सोझो त्यहाँ पुग्न सुविधा हुनेछ।”

उल्लेखनीय छ, पूर्वोत्तर तथा पूर्वी भारतबाट हवाई यात्रा गर्ने यात्रीहरूको लागि कोलकाता सबैभन्दा सुविधाजनक एवं निकटवर्ती एयरपोर्ट हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *