तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट: हिरो बजार तीनधारे बिजयी

IMG-20231230-WA0178.jpg

खरसाङ: ब्रदरवुड तीनधारेको आयोजनामा तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको तेस्रो दिन आज हिरो बजार तीनधारे र लिंकन क्लब सिपाहीधुरामाझ खेल सम्पन्न भएको छ। यस खेलमा लिंकन क्लबले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि हिरो बजार तीनधारेले पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ८८ रन बनाएको थियो। ८९ रनको लक्ष्यलाई खेदो गर्दै लिंकन क्लब सिपाहीधुराले निर्धारित १५ मा केवल ७९ रन मात्र बनाएको थियो अनि हिरो बजार तीनधारेले ९ रनले म्याच जित्न सफल बनेको छ। यस खेलमा ३ ओभरमा केवल ८ रन दिएर ५ विकेट लिने लिंकन क्लब सिपाहीधुराको खेलाड़ी अनुप राई म्यान अफ् द म्याच चयन भएका छन्। तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको तेस्रो दिनको खेल विषयमा आयोजक समितिको पक्षमा सुभम प्रधानले विस्तृत रूपमा बताएका छन्।उनले बताए अनुसार उक्त क्रिकेट टुर्नामेन्टमा विजेतालाई २५,०००(पच्चीस हजार) र उप विजेतालाई १५,०००(पन्ध्र हजार) नगदराशिसहित आकर्षक ट्रफी प्रदान गरिने भएको छ। उनले बताए अनुसार तीनधारे महानदी समष्टी स्तरीय उक्त क्रिकेट टुर्नामेन्टमा समष्टीका युवाहरूलाई विशेष प्राथमिकता दिइने र एक टिममा दुईजना खेलाड़ीहरू समष्टीदेखि बाहिरको पनि खेलाउन सकिने प्रावधान राखिएको छ। उनले जनाए अनुसार अब ३० दिसम्बरमा हिरो बजार र लिंकन क्लबमाझ खेल हुनेछ। यस समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको फाइनल खेल आगामी १४ जनवरीको दिन हुने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement