बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

IMG-20230528-WA0320-5-300x172-8


सिलगढीः सिलगढी महानगरपालिकाको भक्तिनगर थानाले नाबालिग बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको नाम उत्तम भवल हो र उनी जलपाइगढी निवासी हुन्।
गत २३ दिसम्वर भक्तिनगर क्षेत्रबाट १५ वर्षीया किशोरी बेपत्ता भएकी थिइन् । विभिन्न ठाउँबाट सूचना संकलन गरेपछि परिवारले भक्तिनगर पुलिस थानामा अपहरणको उजुरी दिएका थिए । अनुसन्धानपछि पुलिसले नाबालिग युवतीलाई अन्तिम पटक उत्तम भवलसँग देखेको थाहा भयो । उनको खोजी शुरू भयो । उक्त व्यक्ति नाबालिगलाई लिएर जलपाइगढी गएको खुलासा भएको छ। पुलिस टोली जलपाइगढी जानु अघि, नाबालिग पानीटयाङ्की चौकी क्षेत्रमा भएको जानकारी फेरि प्राप्त भयो। पुलिसले हस्तक्षेप गरी नाबालकलाई त्यहाँबाट उद्धार गरेको थियो ।
बालिकालाई सोधपुछ गरेपछि पुलिसले अपहरण र बलात्कारको आरोपमा उत्तम भवललाई पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिलाई आज जलपाइगढी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement