भाजपाले गोर्खाहरूका लागि केही नगरेको भन्दै बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेद्वारा भाजपाबाट राजीनामा

IMG-20231230-WA0170.jpg

लोक सभा चुनाव आफै लड्ने

खरसाङ: भाजपाले गोर्खाहरूको लागि केही नगरेको भन्दै खरसाङको बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले भारतीय जनता पार्टीबाट राजीनामा दिएका छन्। बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले गत २२ दिसम्बरसम्म भाजपाले गोर्खाहरूका लागि केही गरेन भने पार्टीबाट राजीनामा दिन्छु भनेर भनेका थिए। त्यही अनुरूप २३ दिसम्बरपछि आफ्नो राजीनामा दिएको खरसाङमा पत्रकार सम्मेलन बोलाएर बताएका छन्। उनले भाजपाले गोर्खाहरूका लागि केही नगरेपछि आफुले जातिको लागि भाजपाको पद र साधारण सदस्यबाट पनि राजीनामा दिएको बताएका छन्। उनले भारतीय जनता पार्टीको दार्जीलिङ जिल्ला सदस्य एंव भाजपा केन्द्रीय सदस्य रहेको आफुले भाजपाको सबै पदहरू र साधारण सदस्यबाट पनि राजीनामा दिएको बताएका छन्।पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा उनले भने, मैले जुन वचन दिएको थिए त्यही अनुरूप राजीनामा दिएको छु अनि राजीनामा पनि बुझाएको छु र मैले भाजपाको सबै पद र साधारण सदस्यबाट पनि राजीनामा दिएको छु।’
उनले अघि भने, भाजपाले गोर्खाहरूका लागि केही नगरेपछि राजीनामा दिएको अनि धैरै पार्टीहरूले अफर दिईरहेको भए पनि म एकजना धर्म गुरु भएकोले जातिको हितको लागि मात्र काम गर्नेछु।’
उनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, म धर्म गुरु हो र मैले ढाट्नु हुँदैन अनि ढाटेर राजनीति गर्नु हुँदैन। मैले बोलेको भनेको भारतभरिको गोर्खाहरूको अावाज हो। भाजपाले गोर्खाहरूलाई केवल आश्वासन मात्र दियो अनि गोर्खा जातिलाई ढाट्ने काम मात्र गरेको छ। झूटको राजनीति गरेर गोर्खाहरूलाई 15 वर्षसम्म ढाट्ने काम गरेको छ। अब भाजपालाई पाप पनि लाग्छ। गोर्खाहरूलाई केवल आश्वासन मात्र दियो तर केही गरेन् त्यसैले मैले पनि जातिको हितमा रहेर भाजपाबाट राजीनामा दिएको हो।’ उनले अझ भने, म हाम्रो मुद्दामाथि अटल बसेको छु। पहाड़मा नेताहरू र पार्टीहरू मुद्दा केवल झोलामा बोकेर हिड्छन् अनि चुनाव आउनसाथ मुद्दा बोकेर निस्कन्छन्। तर म तेस्तो होइन। म धर्म गुरु भएकोले तेस्तो गक्नु सक्दिन। म भारतभरिको गोर्खाहरूको आवाज बनेर जातिको हितमा काम गर्नेछु।’
भाजपाबाट राजीनामा दिएपछि अन्य पार्टीमा सामेल हुने कि नहुने भनी सोधिएको प्रश्नको उत्तरमा पेम्बा रिम्पोर्छेले भने, म पार्टी फेर्दै एउटाबाट अर्कोमा जाने होइन। म जातिको हितमा मुद्दा बोकेको मान्छे हुँ। तर भाजपाबाट राजीनामा दिएपछि धेरै पार्टीहरूले अफर दिईरहेको छ र आगामी लोक सभा चुनाव लड्नलाई अनुरोध पनि गरिरहेका छन्। तर मेरो टेक के छ भने जुन पार्टीले हाम्रो गोर्खा जातिको हितमा काम गर्छ उसैलाई सघाउनेछु कि चैं जुन पार्टीले गोर्खाहरूका हितको लागि संसदको पहिलो सत्रमा नै बील ल्याउन सक्छ उसैलाई सघाउने कि चैं चुनाव लडिदिनेछु। नत्र म आफै निर्दलीय रूपमा चुनाव लड्न तयार छु। कारण म दार्जीलिङको भूमि पुत्र हुँ। म मरूञ्जेलसम्म यहीको मान्छे चाहिन्छ र मेरो लाश यहीबाट उठाउनुपर्छ। त्यसैसे म गोर्खा जातिको हितमा जातीय मुद्दाके साथमा एक्लै चुनाव लड्न तयार छु।’

पेम्बा रिम्पोर्छेले आगामी लोक सभा चुनावमा जातिक लागि र छुट्टै राज्यको चुनावमा निर्दलीय प्रार्थीको रूपमा खड़ा हुने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement