बजारपाडा प्राथमिक विद्यालयमा वार्षिक खेलकुद प्रतियोगिता

19274591-994d-41d8-9c13-f273c95432ab

जलपाइगढीः जलपाइगढी सदर ब्लकको नगर बेरुबारी जोन अन्तर्गत लाल बजारपाडा प्राथमिक विद्यालयमा शीतकालीन वार्षिक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगीहरूले १०० मिटर, २०० मिटर दौड, लामो जम्प, हाई जम्प लगायतका खेलमा प्रतिस्पर्धा गरेका थिए जसमा धेरै संख्यामा प्रतियोगीहरूको सहभागिता रहेको थियो। विद्यालयका प्रधानाध्यापक अशोककुमार रायले हाम्रो विद्यालयमा आयोजना गर्न लागिएको यो पहिलो शीतकालीन वार्षिक खेलकुद प्रतियोगिता हो। उनले यो वार्षिक खेलकुद प्रतियोगितामा सबैलाई समावेश गर्न पाउँदा निकै खुसी लागेको बताए। यस दिन पञ्चायत प्रमुख प्रमिला रानी बर्मन, उपप्रमुख दिलीपकुमार दासलगायत स्थानीय ग्राम पञ्चायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement