सतपालजी महाराजद्वारा नेपाली सांस्कृतिक सामग्रीको  अवलोकन

IMG-20231230-WA0154

सिलगढी: मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रको तत्वावधानमा भोलि ३१ दिसम्बर र १ जनवरीको दिन उत्तर पलास मझुवा गाँउ  सालुगढा/सिलगढीस्थित मानव धर्म आश्रममा सम्पन्न हुने दुई दिवसीय सदभावना सम्मेलनलाई सम्बोधन गर्न मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराजले  मानव धर्म आश्रममा राखिएका नेपाली संस्कृतिका विविध हस्त निर्मित सामग्रीहरूको आज ३० दिसम्बर बिहान अवलोकन गरे। कालेबुङका एक हस्त शिल्पकार राजु विश्वकर्माको एकल प्रयासमा आफ्नै हातले तयार गरेका नेपाली संस्कृतिका विविध सामग्रीहरू आफ्ना सदगुरुसमक्ष  प्रदर्शित गर्न  राखिएका सामग्रीहरू देखेर श्री सतपाल महाराज प्रशन्न भए। नेपाली भाषा र संस्कृतिको एक छुट्टै विशेषता रहेको कुरो उनले बताउँदै यसरी सबैले आफ्नो जातिको भाषा साहित्य संस्कृतिको संरक्षण गर्ने आह्वान गरे।  स्मरण  रहोस् कालेबुङका राजु विश्वकर्मा एक निपुण हस्त शिल्पकार हुन्। 

श्री सतपाल महाराजले आज सदभावना सम्मेलनका विभिन्न विभागहरूको  निरीक्षण गरी कतिपय कमी कमजोरीहरूमाथि सुझावहरू दिए। बेलुकी मानव सेवा द , आध्यात्मिक  युवा संगठन र समतिका कार्यकर्ताहरू एवम्  सम्मेलनका सबै  विभागीय प्रभारीहरूलाई लिएर अन्तिम प्रशिक्षण शिविर सम्पन्न भएको थियो। शिविरलाई श्री बिभूजी महाराजजीले सम्बोधन गरे। उनले सदभावना सम्मेलन समुन्नत राष्ट्र निर्माणको लागि एक महान् आध्यात्मिक क्रान्ति भएकोले यस आध्यात्मिक क्रान्तिलाई  सबैले समर्पित भई सेवा गरी   सफल तुल्याउने आह्वान गरेका थिए। श्री सतपाल महाराज एवं दिव्य परिवारले उपस्थित भक्तजनलाई  दर्शन पनि दिए।  ३१ दिसम्बर बेलुकी ६ बजेदेखि सदभावना सम्मेलन शुरु हुनेछ। सम्मेलनका मुख्य अतिथि सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री प्रेमसिङ तामाङ र विशिष्ट अतिथिको रुपमा अरुण उप्रेती उपस्थित हुनेछन्। यसबारेमा मेघनाथ छेत्री, माधव बुढाथोकी प्रचारप्रसार सचिव मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल छेत्रीले एक प्रेस विज्ञप्तिमा बताएका छन्l

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *