लाहोर: विश्वभरका देशमा नयाँ वर्षको तयारी भइरहेको छ। मानिसहरु अबेर रातिसम्म जागो रहेर रमाइलो गर्छन्। होटलमा मानिसहरूको भीड हुन्छ छ। यी सबै बाहेक पाकिस्तानको अवस्था ठीक उल्टो छ। यसपटक पाकिस्तानमा नयाँ वर्ष मनाइँदैन। देशका कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कडले बिहीबार नयाँ वर्ष मनाउन प्रतिबन्ध लगाएका छन्। पाकिस्तानका कार्यवाहक प्रधानमन्त्रीले गाजाका जनतासँग ऐक्यबद्धता व्यक्त गर्न यो घोषणा गरेका छन्। ‘प्यालेस्टाइनको गम्भीर चिन्ताजनक अवस्थालाई ध्यानमा राख्दै, अनि प्यालेस्टाइनी दाजुभाइ तथा दिदीबहिनीहरूप्रति ऐक्यबद्धता जनाउन सरकारले नयाँ वर्ष मनाउन नहुने निर्णय लिएको छ’, उनले भनेl सबै प्रकारका कार्यक्रममा कडा प्रतिबन्ध लगाएको उनले बताएl










