एसएससी अफिसलाई सीआरपीएफले आफ्नो सुरक्षा घेरामा

SAVE_20220519_231145.jpg

कोलकत्ता। एसएससीको माध्यमले नियुक्तिमा व्यापक धांधलीको मामिलामा लगातार नयाँ मोड़ आइरहेछ। मामिलालाई लिएर बुधवार दिनभरि चलेको हंगामापूर्ण गतिविधिहरूपछि अबेर राति न्यायमूर्ति अभिजीत गांगुलीको एकल पीठको आदेशमा आचार्य सदन स्थित एसएससी अफिसलाई सीआरपीएफले आफ्नो सुरक्षा घेरामा लियो।
याचिकाकर्ताहरूले आशंका व्यक्त गरेका थिए, यदि एसएससी अफिसलाई सुरक्षित गरिएन भने त्यहाँ रहेको साक्ष्यहरूलाई नष्ट गर्नसकिन्छ। यसपछि न्यायमूर्ति गांगुलीले बुधवार अबेर राति सीआरपीएफलाई अफिसलाई आफ्नो सुरक्षा घेरामा लिने आदेश दिएका थिए औं एसएससी अफिसमा केवल चेयरम्यान र उसका सल्लाहकारले प्रवेश गर्नसक्ने भनेका थिए।

राति लगभग २.३० बजी सीआरपीएफको टीम एसएससी अफिस पुगेको थियो। आरोप छ, भित्रबाट ढोका बन्द गरिएको थियो र उनीहरूलाई पस्न दिइएन जसपछि सीआरपीएफले पर्खाल नाघेर भित्र पर्वेश गऱ्यो। त्यसपछि न्यायमूर्ति गांगुलीले बिहिवार आफ्नो आदेशमा हल्का संशोधन गरेका छन् औं एसएससी चेयरम्यान र उनका सल्लाहकार बाहेक स्टेनो, सेक्रेटरी र असिस्टेन्ट सेक्रेटरीले पनि प्रवेश गर्नसक्ने भनेका छन्। सीआरपीएफलाई बिहिवार दिउँसोसम्म एसएससी अफिसलाई आफ्नो सुरक्षा घेरामा राख्नपर्नेछ। त्यसपछि यहाँ सीसीटीवीको माध्यमले निगरानी गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement