एसडीएफ पार्टीद्वारा तमु ल्होसारको मङ्गलमय शुभकामना

IMG-20230410-WA0169-11-300x172-9

गान्तोक: गुरुङ जातिको महान् पर्व तमु ल्होसारको पावन अवसरमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले सम्पूर्ण राज्यवासीमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गरेको छ।

एसडीएफले आज जारी आफ्नो सन्देशमा भनेको छ, तमु (गुरुङ) जातिले नयाँ वर्ष आरम्भ भएको अवसरमा मनाउने तमु ल्होसार/ल्होछारको पावन अवसरमा एसडीएफ पार्टी सम्पूर्ण राज्यवासीमा सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछ।

सिक्किम बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण सुन्दर राज्य हो। हाम्रो विविधता र सांस्कृतिक परम्परा महत्वपूर्ण पूँजी हो। भाषा, संस्कृति, भेषभूषा र संस्कार आ-आफ्ना जातीय चिन्हारी र मौलिक सभ्यताका आधार स्तम्भ हुन्। यस्ता विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोको दायित्व हो- विज्ञप्तिमा भनिएको छ।

एसडीएफले अघि भनेको छ, सांस्कृतिक परम्पराको धनी मानिने गुरूङ जातिले आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै आइरहेको छ। गुरुङ जातिमा नयाँ वर्षको आगमनको खुशियालीस्वरुप विशेष उत्साह र उमङ्गतासाथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्दछ।

यस पर्वले गुरुङ जाति लगायत सम्पूर्ण सिक्किमेली समाजबीचमा बन्धुत्व, हार्दिकता, सहिष्णुता र सम्मान कायम गरोस् भनी एसडीएफले हार्दिक शुभकामना व्यक्त गरेको छ।

About Author

Advertisement