जापानमा दक्षिणी भागमा ज्वालामुखी विष्फोट

Volcano-Japan

टोकियो: दक्षिणी जापानमा ज्वालामुखी विष्फोट भएपछि दर्जनौं मानिसहरूलाई आफ्नो घर छोड्न आग्रह गरिएको छ। राष्ट्रिय मौसम निकायले पहाडको लागिे उच्च चेतावनी जारी गरेको छ। टेलिभिजन फुटेजमा रातो–तातो चट्टानहरू र कागोशिमाको साकुराजिमा ज्वालामुखीबाट विस्फोट भएको देख्न सकिन्छ। क्षतिको तत्काल कुनै रिपोर्ट नआएको उपप्रमुख क्याबिनेट सचिव योसिहिको इसोजाकीले भने। प्रधानमन्त्री फुमियो किसिदाले सरकारलाई स्थानीय नगरपालिकासँग मिलेर काम गर्न निर्देशन दिएका छन्। स्थानान्तरणमार्फत क्षति रोकथाम सुनिश्चित गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन्। आइतबारको विस्फोटले क्रेटरबाट करिब २.५ किलोमिटर (१.५ माइल) ठूला सिन्डरहरू निस्कियो, जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले जनाएको छ। ज्वालामुखीको धुवाँ करिब ३०० मिटर उचाइसम्म पुगेर बादलमा विलीन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement