मिरिक: आज गोजमुमो अध्यक्ष बिमल गुरुङ मिरिक आएका थिए। मिरिक आउनुको कारण महकुमा प्रवक्ता अर्पण राईको आमाको स्वर्गवास भएको अशुभ कार्यमा र केन्द्रीय समिति सदस्य डंकन गुरुङको भाई स्वर्गवास भएको अशुभ कार्यमा आउन नपाएकोले आज दुवैको घर परिवारसंग भेटघाट गर्नु नै मुख्य कारण रहेको थियो।
यसै क्रममा उनले मिरिक महकुमा कार्यालयमा एक सांगठनिक सभामा पनि उपस्थिति दिए जहाँ पानीघट्टाबाट आएका कार्यकर्ताहरुसँग पनि बातचीत गरेका थिए। यसै क्रममा आज पानीघट्टाबाट भागोप्रमोबाट राजु भट्ट र राकेश सिञ्चुरी अनि मिरिक बस्तीबाट अमित थापा पुनः गोजमुमोमा सामेल भएका छन्। पार्टी अध्यक्ष बिमल गुरुङले उनीहरुलाई स्वागत अभिनन्दन जनाएका थिए। यस अवसरमा पार्टी अध्यक्ष बिमल गुरुङले भने, ‘गोजमुमो र बिमल गुरुङलाई समर्थन होईन तर जाति र माटोको निम्ति समर्पित भावले मेरो नियत र नीतिलाई साथ दिएको ठान्दछु। धेरै जनाको घर वापसी भईसकेको छ र भटाभट हुँदैछ। यसलाई लिएर म ढोल पिट्न चाहान्न। अब मिरिकमा चाँढै जनसभा राख्नेछौं।”
आज पार्टी अध्यक्षसँग युवामोर्चा अध्यक्ष नोमन राई र दिपेन माले र अन्यान्य रहेका थिए भनी गोजमुमो मिरिक महकुमा समितिको महासचिव पूर्णसिंह राईले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।