सलमान खानको तस्वीरसँगै यस्तो लेखियो…

Salman-Khan-Adv-

नयाँ दिल्ली: हालमा सलमान खानको तस्वीरसहितको एउटा विज्ञापन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जुन विवाह ब्यूरोले पोस्ट गरेको छ। यो विज्ञापनको निकै चर्चा भइरहेको छ, जसको पछाडि एड एजेन्सीको क्रिएटिविटी रहेको छ, जसको फाइदा उठाउँदै कर्नाटकको एक विवाह ब्यूरोले पत्रिकामा विज्ञापन दिएर अनौठो तरिकाले सलमान खानलाई जन्मदिनको शुभकामना दिएको छ। यद्यपि भारतमा रचनात्मकताको कुनै कमी छैन, तर यो विज्ञापन एजेन्सीको रचनात्मकता देखेर उदेक लाग्छ। इन्टरनेटमा भाइरल भइरहेको यो तस्वीरमा लेखिएको छ, ‘ह्याप्पी बर्थडे सलमान खान। छिट्टै बिहे गर्नेहरुले सम्पर्क गर्नुहोलाl’ सबैलाई थाहा भएकै कुरा हो, सलमान खानले २७ दिसम्बरमा आफ्नो ५८औं जन्मदिन मनाएका छन्, यस अवसरमा धेरै सेलिब्रेटीहरू र फ्यानहरूले उनलाई जन्मदिनको शुभकामना दिएका छन्, तर यी सबैको बीचमा एक विवाह ब्यूरोले सलमान खानलाई एकदमै फरक तरिकाले जन्मदिनको शुभकामना दिएको छ। यो पोस्ट सोशल मिडिया प्लेटफर्म एक्समा साझा गरिएको छयो। पोस्ट सेयर गर्दै क्याप्शनमा लेखिएको छ, ‘सलमान खानको जन्मदिनमा कन्नड पत्रिकामा क्रिएटिभ विज्ञापन भेटियो। मंगलुरुको सुमंगला म्यारिज ब्यूरोले यो जारी गरेको छ, जसमा छिट्टै बिहे गर्न लागेकाले सम्पर्क गर्नुहोला भन्ने लेखिएको छl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *