मंगन जिल्लामा जिल्लास्तरीय एथलेटिक्स प्रतियोगिता आयोजित

n56971438217038642417171ed2ab9bf0bd1c5bd25c2a3b21542599125f53c659f4f2a49b9f5332e51274c7.jpg

मंगन: मंगन जिल्लाको नागा पब्लिक स्कूलमा जिल्लास्तरीय एथलेटिक्स प्रतियोगिता आयोजना गरियो। मंगन जिल्लामा आयोजित तेस्रो दिनको जिल्लास्तरीय जिल्लास्तरीय एथलेटिक्स प्रतियोगितामा १४-१६ वर्षसम्मका मुनिका प्रतियोगीहरूले विभिन्नवर्गमा सहभागिता जनाएका थिए। उक्त कार्यक्रममा राज्यका सडक एवम पुल विभाग मन्त्री साम्दुप लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।

यस अवसरमा सामाजिक कल्याण विभागका अध्यक्ष निम छिरिङ लेप्चा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। उल्लेखनीय छ, एथलेटिक्स फेडरेसन अफ् इन्डियाको दिशा निर्देश बमोजिम हाल राज्यको छ वटा जिल्लामा नै खेलकूद प्रतियोगिता आयोजना भइरहेको छ। सिक्किम एथलेटिक्स एसोसिएशनको पहलमा आयोजित यस प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई स्वर्ण, रजत र काँस्य पदक प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement