मिरिक: मेराे छात्तीबाट गाेर्खाल्याण्ड कहिले हट्न सक्दैन भनी गाेर्खा जनमुक्ति माेर्चाको केन्द्रीय अध्यक्ष बिमल गुरूङले आज मिरिकमा बताएका छन्। गोजमुमो अध्यक्ष बिमल गुरुङ आज मिरिक आई पुगेका थिए। गुरूङ मिरिक आउनुकाे प्रमुख कारण गाेजमुमाे युवा नेता अर्पण राईकाे आमा अनि केन्द्रीय सदस्य डंकन गुरूङकाे भाईकाे निधनमा शाेक प्रकट गर्दै परिवार पक्षमा समवेदना प्रदान गर्नु रहेको थियाे। यही अवधि बिमल गुरूङले गाेजमुमाे मिरिक महकुमा समितिकाे कार्यालयमा पार्टी कार्यकर्ताहरूसित सांगठनिक सभा गरेका थिए। त्यही सभामा नै धेरैजनाले गाेजमुमाेमा समर्थन जनाएका छन्। बिमल गुरूङले यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै भाजपाले यतिका दिनसम्म के कसाे गर्याे,शीतकालीन अधिवेशनमा के भयाे भएन म अहिले नै केही बाेल्न चाहाँदिन भन्दै म २०२० मा पहाड आउँदा नै २०२४ मा जसले गाेर्खाल्याण्ड राज्यलाई समर्थन गर्छ उसैलाई सघाउँछाैं भनेकाे थिए। चुनाउ आउने समय छ।हामी पार्टीकाे केन्द्रीय समिति, महकुमा समिति साथै पार्टी कार्यकर्ताहरूसित सभा बसेर नै आगामी रणनीति तयार पार्नेछाैं भने। उनले हाल आफू धैर्य गरेर राजनीतिलाई हेरिरहेकाे जानकारी गराउँदै युनाइटेड फाेरम फर् सेपरेट स्टेटकाे कार्य प्रणालीबारे कतिपय मानिसहरूले कतिपय अड्कल काटी रहेपनि जीटीए जस्ताे व्यवस्था आउँदा सबैभन्दा मर्का तराई अनि डुवर्सलाई परेकाे छ। तराई डुवर्सले पनि आन्दाेलनमा ठूलाे याेगदान दिएकाे छ। उनीहरूकाे मूल्याङ्कन हुन सकेकाे छैन।राजबंशी, काेचे-मेचे आदि जातिकाे समस्या पनि धेरै छ। यसैले छुट्टै राज्यकाे माग गर्दा धेरै जाति डिप्राइट भएका छन्। यसरी छिन्न-भिन्न भएर अलग राज्यकाे माग गर्दा सरकारले डरलाग्दाे प्रकारले दबाउने प्रयास गरेकाे छ। यसैले हामी एक भएर मांग गर्नुपर्छ भनेर काम गरिरहेका छाैं। हाम्राे १८ वटा दलमाझ भाेलिकाे दिनमा आफ्नाे ठाउँ र जातिकाे लागि के गर्नुपर्छ भन्ने विषयमा अघिबाट नै चर्चा भइसकेकाे छ। तराई डुवर्सलाई हाम्राे बनाउनुपर्छ भनेर युनाइटेट फाेरम फर् सेपरेट स्टेट भएकाे हाे भने। उनले बिमल गुरूङले गाेर्खाल्याण्ड बेचेर अर्काेतिर गयाे भन्ने कुराे हाेइन ।बिमल गुरूङ गाेर्खाल्याण्ड बिर्सिएर अर्काेतिर गयाे भन्नु गलत हुन्छ। गाेर्खाल्याण्ड मेराे छात्तीभरि रहेकाे छ। मेराे छात्तीबाट गाेर्खाल्याण्ड कहिले हटिट्न सक्दैन। गाेर्खाल्याण्डकाे लागि मैले सबै कुराे त्यागी सकेकाे छु भने। मैले जहाँसम्म गाेर्खाल्याण्डकाे मानचित्र काेरेकाे छु। त्यस विषयमा म कुरा गर्छु नै भन्दै गुरूङले गाेरामुमाे महासचिव महेन्द्र छेत्रीले छैटाैं अनुसूचीकाे कुराे गर्नु उनीहरूकाे पार्टीगत कुराे हाे तर पहाडलाई हानी हुने कुराेपट्टि कसै जानु हुँदैन। हामी एकत्रित भएर आफ्नाे लक्ष्यमा पुग्न चपर्छ भने।यस अवसरमा गाेजयुमाे केन्द्रीय नेता दिपेन माले, गाेजमुमाे मिरिक महकुमा अध्यक्ष रूपेस राई, महासचिव पूर्णसिहं राई, मिरिक थर्बु डुप्टिन समष्टि महासचिव रामचन्द्र राई, युवा नेता याेगेस गाेले, सुमन राई, पुनम बम्जन, सुकुना पानीघट्टा समष्टि अध्यक्ष रमेस श्रेष्ठ लगायत धेरै पार्टी कार्यकर्ताहरू पनि उपस्थित थिए।