इसरोद्वारा सौर्य मिशनबारे नयाँ जानकारी

ISRO-Aditya-L1

नयाँ दिल्ली: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)को सौर्य मिशनको बारेमा विशेष समाचार आएको छ। इसरो प्रमुख एस सोमनाथले आदित्य एल१ ६ जनवरीमा सूर्य-पृथ्वी प्रणालीको लग्रेन्ज बिन्दु १ (एल१) मा पुग्ने बताए। यसपछि अन्तरिक्ष यानले बिना कुनै अवरोध सूर्यको अध्ययन गर्नेछ। इसरोको यो मिशन यस वर्ष सेप्टेम्बरमा शुरु भएको थियो। आईआईटी मुम्बईको वार्षिक विज्ञान र प्रविधि कार्यक्रम ‘टेकफेस्ट २०२३’ मा बोल्दै सोमनाथले आदित्य एल१ अहिले लगभग आइसकेको बताए। आदित्य एल१ ६ जनवरीमा अपरान्ह ४ बजे लग्रेन्ज पोइन्ट पुग्नेछ। ‘हामी आदित्य एल१ को इन्जिनलाई धेरै नियन्त्रित तरिकाले सञ्चालन गर्नेछौं, ताकि यो ‘ह्यालो अर्बिट’ नामक कक्षमा प्रवेश गर्न सकोस्। ‘लग्रेन्ज पोइन्ट’ त्यो क्षेत्र हो जहाँ पृथ्वी र सूर्य बीचको गुरुत्वाकर्षण तटस्थ हुनेछ’, उनले भनेl सोमनाथले चन्द्रमा, मंगल, शुक्र लगायतका अन्य पिण्डहरु रहेकाले गुरुत्वाकर्षणलाई पूर्णतया बेअसर गर्न सम्भव नहुने बताए। सबै ६ वटा पेलोडको परीक्षण भइसकेको र ‘राम्ररी काम गरिरहेको हुनाले सबैबाट धेरै राम्रो जानकारी आइरहेको उनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *