दोस्रो दिनको खेलमा हिल्स फुटबल अकादेमी बिजय
खरसाङ: खरसाङ फुटबल एसोसिएशनको आयोजनामा भईरहेको तेस्रो अन्तर जिल्ला महिला फुटबल टुर्नामेन्टको दोस्रो दिनको खेल आज स्थानीय चानमारी मैदान खरसाङमा हिल्स फुटबल एकादमी, खरसाङ वारियर्स एफसी बाघडोगरामाझ सम्पन्न भएको छ। आजको खेलमा मुख्य अतिथिको रूपमा राष्ट्रिय फुटबल खेलाडी अनि हाल राजस्थान युनाईटेडको पक्षबाट ईण्डियन प्रीमियर लिग् खेलिरहेका खेलाड़ी नवीन गुरुङ उपस्थित रहेका थिए। आजको खेलमा हिल्स फुटबल अकादमीले वारियर्स एफसी बाघडोगरालाई २-१ को अन्तरले पराजित गरी बिजय हाँसिल गरेको छ। आजको खेलमा मुख्य निर्णायकक रूपमा प्रमोद प्रधान, सहायक निर्णायकमा सुरेन गुरुङ, प्रतिक गुरुङ अनि फोर्थ अफिसियलमा सञ्जय थापा रहेका थिए।

अब अघिल्लो खेल ३१ दिसम्बरको दिन मिरिक एफसी एसोसिएशन अनि सिमलबारी एफसीमाझ खेलिनेछ भनी खरसाङ फुटबल एसोसिएशनको सचिव सुदीप राईले जानकारी दिएका छन्।