बंगालमा आरपीएफले समायो ड्रग तस्करीको गुट

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः पूर्वोत्तर भारतस्थित एक कुख्यात नशालु पदार्थ तस्करी ऱ्याकेटको दुई महिला सञ्चालकहरूलाई रेलवे सुरक्षा बल (आरपीएफ) ले शुक्रवार मालदा स्टेशनबाट समाएको छ। दुवै महिलालाई असमबाट आइरहेको कोलकाता जाने ट्रेनबाट मालदा स्टेशनमा पक्राउ गरियो। उनीहरूदेखि लगभग आठ किलो हाई क्वालिटीको गांजा जफत गरियो। आरपीएफले अहिलेसम्म पक्रा परेका दुवै महिलाको पहिचान उजागर गरेको छैन।

सूत्रहरू अनुसार, महिलाहरू त्रिपुराका निवासी हुन्, जहाँबाट गाँजाको खेप मगाइएको थियो। दुवै महिलाले उक्त खेपलाई अगरतलादेखि असम लिएर आए, जहाँ उक्त खेपलाई सुगन्धित चियाको प्याकेटमा प्याक गरियो। दुवै महिलालाई यो खेप असमदेखि कोलकाता लैजानुथियो र यहाँ आफ्ना स्थानीय एजेन्टहरूलाई सुम्पिनुथियो।

यस तस्करीको सूचना आरपीएफले पाएपछि, यो खेप मालदा स्टेशनमा पुग्दा उसले बोगीमा छापा माऱ्यो, जसमा सुगन्धित चियाको प्याकेट जफत गरियो, जहाँ गाँजाको खेप थियो। पुलिसले ती स्थानीय एजेन्टहरू वा पेडलर्सको नाम जान्ने प्रयास गरिरहेछ, जसलाई यो खेप पुऱ्याइनुथियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement