मुम्बईदेखि ल्याएर केटीलाई कोलकाताको रेड लाइट क्षेत्रमा बेचियो

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः मुम्बईबाट कथित रूपमा अपहरण गरी पश्चिम बंगालमा देह व्यापारमा धकेलिएकी १७ वर्षीय केटीलाई पुलिसले मुक्त गराएको छ। पुलिसका एक अधिकारी अनुसार, मुम्बईदेखि पुलिस टीम कोलकाता आएको थियो, जसको हरेक स्तरमा सहयोग गरियो। धारावी पुलिसले अपराधमा कथित संलिप्तताको निम्ति बिहारको चम्पारण निवासी कुणाल पाण्डे (३०) र सिकन्दर शेखलाई पक्राउ गरेको छ।

एक पुलिस अधिकारी अनुसार, केटी सेप्टेम्बर महिनामा धारावीस्थित आफ्नो आवासबाट हराएकी थिइन्। केटीका पिताको शिकायतमा पुलिसले अज्ञात व्यक्तिहरू विरूद्ध अपहरणको मामिला दर्ता गरेको थियो। केटी पश्चिम बंगालको पांजीपाड़ामा रहेको जानकारी पाइएपछि धारावी पुलिस आयो र देह व्यापारमा धकेलिएकी केटीलाई मुक्त गरायो। आरोपितहरू विरूद्ध बलात्कार तथा नानीहरूको यौन अपराधहरूबाट संरक्षण कानूनको प्रासंगिक धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको छ।

-हिस

About Author

Advertisement