कालचिनीः बक्सा ब्याघ्र प्रकल्पको जंगलमा रोयल बंगाल बाघ रहेको पुष्टि बन विभागले बेला बेलामा गर्दै आइरहेकोबीच फेरि बक्सा ब्याघ्र प्रकल्प पश्चिम डिभिजनको पाना रेञ्जको जंगलमा एउटा रोयल बंगाल बाघको तस्वीर क्यामेरा ट्र्यापमा परेको छ।
बक्सा ब्याघ्र प्रकल्पको फील्ड डाइरेक्टर अपूर्व सेनले क्यामेरामा कैद गरिएको तस्वीर सार्वजनिक गरेको छ।
बक्सा ब्याघ्र प्रकल्पको जंगल बाघको निम्ति उपयुक्त रहेको बन विभागले बताउँदै आइरहेको छ भने बाघको निम्ति नै कोर क्षेत्रमा रहेको गाउँलाई स्थानान्तरण गर्न बन विभागले पहल गरिरहेको छ।