कोलकाताः कोलकाताको दक्षिणी बाहिरी क्षेत्र बेहालामा एक पुलिसकर्मीलाई आफ्नै नाबालिग छोरीसित कथित रूपमा बलात्कार गरेको आरोपमा पक्राउ गरियो। बिहिवार राति पुलिसले उसलाई पक्राउ गरेको छ। कोलकाता पुलिसका एक अधिकारी अनुसार, नाबालिग केटी बिहिवार अबेर राति सँझ स्वयं पर्णश्री पुलिस स्टेशन पुगिन् र यस साल अक्टोबरदेखि आफ्नै पिताद्वारा बलात्कार गरिएको शिकायत गरिन्। अधिकारीले भने, नाबालिग पीड़िता केवल १३ वर्षकी छन्। उसले पुलिसलाई बताइन्, उसका पिताले कसरी घरमा आमाको अनुपस्थितिको फायदा उठाएर गत दुई महिनादेखि उसको यौन शोषण गरे। बयान अऩुसार यस साल अक्टोबरमा उसका पितासित झगड़ापछि उसको आमा घर छोड़ेर गइन्। उनी आफ्ना पिता र सात वर्षीय छीको साथ माइतामा बस्न थालिन्।
पुलिसले भन्यो, उसको बयानहरू अनुसार, जबदेखि आमाले घर छोड़िन्, नाबालिग आफ्नो पिताको विकृतिको शिकार भइन्। पीड़िताद्वारा दिइएको बयानहरू अनुसार, उसको यौन शोषण बाहेक पिताले उसलाई शारीरित यातना पनि दिएको थियो।नाबालिगको बयानको आधारमा पर्णश्री पुलिस स्टेशनको पुलिसले उसको पितालाई हिरासतमा लियो र केही शुरूआती सोधपुछपछि अन्ततः बिहिवार राति उसलाई पक्राउ गऱ्यो। आरोपितमाथि भारतीय दण्ड संहिताको धारा ३७६ (यौन उत्पीड़नको निम्ति सजाय) र यौन अपराधहरूबाट नानीहरूको संरक्षण अधिनियम (पोक्सो) अन्तर्गत विभिन्न प्रावधानहरू अन्तर्गत मामिला दर्ता गरिएको छ। यो एक नाबालिग विरूद्ध यौन अपराध हो र त्योपनि आफ्नै छोरी विरूद्ध यो धेरै चिन्तित विषय हो। यो मामिला अझ् अधिक घृणित हुन्छ किनभने अपराधी स्वयं एक पुलिसकर्मी हो।
-हिस










