सिलगढ़ीः खड़गपुरका विधायक एवं भाजपा युवा मोर्चा प्रभारी हिरण चट्टोपाध्यायले दाबी गरेका छन्, लोकसभा चुनाउको माध्यमले राज्यमा कब्जा गर्ने भाजपाको मार्ग प्रशस्त हुनेछ। शुक्रवार सिलगढ़ीमा युवा मोर्चाको एक विशेष बैठकमा भाग लिँदै हिरणले यी कुरा भनेका हुन्।
हिरणले भने, अमित शाहले ३५ सीटको लक्ष्य राखेका छन्। जसपछि युवा मोर्चाले राज्यको सत्तामा आउने बाटो प्रशस्त गर्नमा जुटेको छ। उनले तृणमूलका युवा नेता सायोनी घोषमाथि हमला गर्दै भने, भाजपालाई उनको परवाह छैन। जसले चुनाउ जित्न सक्दैन, उसको परवाह किन ? पीसी र भाईपोको छायामा रहेर धेरै कुरा भन्नसकिन्छ।
त्यस बैठकमा ४३ जिल्लाका पदाधिकारीहरूको बैठकमा संगठनको केन्द्रिय कमिटीका महासचिव राजू बिष्ट, प्रदेश अध्यक्ष डा. इन्द्रनील खान समेत अन्य उपस्थित रहे।