गान्तोक: बुर्तुकस्थित हेलिपेडमा आज गुरूङ समुदायको महान पर्व तमु ल्योछार राज्यस्तरीरूपमा पालन गरियो। यस कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले एसकेएम पार्टीको सरकार गठन भएपछि राज्यमा बसोबासो गर्ने सबै जातिलाई आफ्नो जातिय पर्व स्वतन्त्रतारूपमा पालन गर्न वातारण सृजना गरेको बताए। राज्यका कुनै पनि जातिलाई वर्तमान सरकारले अन्याय नगरेको उनले ठोकुवा गरे। वर्तमान सरकारले साढे चार वर्षको अवधिमा सम्प्रदायिक सदभावनाको बीउ रोप्ने काम गरेको बताए।