बंगालमा इण्डी गठबन्धनको अङ्ग बन्नेछैन माकपा

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः केन्द्रको नरेन्द्र मोदी सरकारविरूद्ध गठित विपक्षी इण्डी गठबन्धनमा वामदल राष्ट्रिय स्तरमा सामेल भए पनि बंगालमा भने यो दल यस गठबन्धनको अङ्ग बन्नेछैन। यहाँसम्म कि पार्टीले कंग्रेसलाई समर्थन नगर्ने निर्णय लिएको छ। यसको प्रमुख कारण हो तृणमूलसितको राजनीतिक विरोधाभास। दाबी छ, कंग्रेसले लोकसभा चुनाउमा तृणमूलका शर्तहरूमा गठबन्धनको समझौता गरेको छ, यसैले माकपलाई महत्व दिइएको छैन।

पार्टीका महासचिव मोहम्मद सलीमले भने, ”हामी भाजपा र तृणमूलको सम्बन्ध नभएको दलहरूसित गठबन्धन गर्नेछौं। हामी भाजपा अनि तृणमूलविरूद्ध लचिलो नीति अप्नाउनेहरूदेखि सयकड़ौं-हजारौं माइल टाड़ा बस्नेछौं।” उनले भने, कंग्रेसले दुईवटा डुङ्गामा सवार भएर यात्रा गर्न सक्दैन। उनले भाजपा र तृणमूलमाझ साँठगाँठ रहेको आरोपलाई दोहोऱ्याउँदै अघि भने, संसदभित्र, संसद बाहिर, भ्रष्टाचार-अन्याय-साम्प्रदायिकताको प्रश्नमा उनीहरूको नीति तथा राजनीतिक स्थिति एकसमान छ। दुवै आरएसएसद्वारा सञ्चालित सङ्गठन हो।

तृणमूलसित कंग्रेसको गठबन्धनलाई लिएर सलीमले भने, ”कंग्रेसको फसेला उसैले लिनेछ, तर बंगालका कंग्रेस कार्यकर्ता-समर्थकहरूसित भन्न चाहन्छु कि कसैले हेरेर सिक्छन् भने कसैले ठोक्कर खाएपछि सिक्छन्। बंगाल कंग्रेसले विफलताहरूबाट सिक्नुपर्छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement