‘प्रोजेक्ट लाइफ’ का सदस्यहरूले मुख्यमन्त्री राहत कोषमा ७५,००० सहयोग गरे

n5696803581703859944087fb4c8d8f3876943bd55426e1b390b90d3209a68f64bb94accc52acd9e1b5292f.jpg

गान्तोक: प्रोजेक्ट लाइफका सदस्यहरूले सिक्किमका बाढी पीडितहरूको राहत कार्यको लागि राज्य सरकारलाई आर्थिक सहयोग प्रदान गरेको छ। सदस्यहरूले सिक्किमको मुख्यमन्त्री राहत कोषमा ७५,००० रूपियॉं सहयोग गरेका छन्। उनीहरूले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई चेक सुम्पिए।

यस अवसरमा प्रोजेक्ट लाइफको तर्फबाट डा. सुदर्शन तामाङ (संस्थापक), बिक्रम थापा (ट्रस्टी), एलिना लेप्चा (ट्रस्टी), निम लामु लेप्चा (वरिष्ठ सदस्य) र दिछेन ओङ्मु भोटिया (वरिष्ठ सदस्य) उपस्थित थिए। २५ नोभेम्बर, २०२३ मा पनि प्रोजेक्ट लाइफ ट्रस्टले ७५,००० रूपियॉं फ्लड भिक्टिम कमिटी, रम्फू- पश्चिम बंगाललाई प्रदान गरेको बताइएको छ।

प्रोजेक्ट लाइफ, स्वास्थ्य, शिक्षा र वातावरणीय जागरूकतामा समर्पित एक दर्ता ट्रस्ट हो। सन् २०२० मा स्थापना भएको यस ट्रस्टमा देशका विभिन्न भाग र विदेशबाट समेत ३०० भन्दा बढी सदस्य रहेको जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement