सद्भावना सम्मेलनको निम्ति सिलगढी आइपुगे सतपाल महाराज

DSC01881.JPG

सिलगढी: सद्भावना सम्मेलनमा सम्मिलित हुन आफ्नो सपरिवार मानव धर्मका प्रणेता तथा मानव उत्थान सेवा समितिका संस्थापक सतपाल महाराज आज अपरान्ह सिलगढी आइपुगे। उनको आगमनमा मानव धर्मका भक्तगणले सालुगढाको मानव धर्म आश्रम परिसरमा भव्य स्वागत जनाए।

३१ दिसम्बर बिहान सतपाल महाराजले मानव धर्मको झण्डोत्तलन गरेर सद्भावना सम्मेलनको विधिवत उद्घाटन गर्नेछन्। सम्मेलनको पहिलो दिन ३१ दिसम्बरको साँझ सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित रहनेछन्। यसरी नै सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती पनि विशिष्ट अतिथिका रूपमा उपस्थित रहने बताइएको छ।

सिलगढीमा प्रत्येक वर्ष सम्पन्न हुने दुई दिवसीय सद्भावना सम्मेलन यो वर्ष ३१ दिसम्बर २०२३ र १ जनवरी २०२४ को दिन सालुगढाको उत्तर पलासको मझुवा गाँउस्थित मानव धर्म आश्रम परिसरमा सम्पन्न हुन गइरहेको छ। विगत ५० वर्षदेखि लगातार यो सम्मेलन भइरहेको छ। सालुगढा नजिक उत्तर पलास महानन्द नदीको तीरमा रहेको मानव धर्म आश्रमको विशाल परिसरमा मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रका अध्यक्ष महात्मा अदिना बाईजीको कुशल देखरेखमा तयारी कार्य सिद्धिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement