तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट

IMG-20231229-WA0179.jpg

दोस्रो दिनको खेलमा युवराज ईलेभेन बिजयी

खरसाङ: ब्रदरवुड तीनधारेको आयोजनामा तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको दोस्रो दिन आज युवराज ईलेभेन र गैरी गाउँ क्रिकेट क्लबमाझ खेल सम्पन्न भएको छ। यस खेलमा युवराज ईलेभेन बिजय बनेको छ। गैरी गाउँले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ११० रन बनाएको थियो जसमा गैरी गाउँबाट मन्नु र अनुराग भुजेलले २१-२१ रनको योगदान दिएका थिए। १११ रनको लक्ष्यलाई खेदो गर्दै युवराज ईलेभेनले ७ विकेट गुमाएर लक्ष्य हाँसिल गर्दै युवराज ईलेभेन ३ विकेटले म्याच जित्न सफल बनेको थियो। युवराज ईलेभेनको पक्षमा सचिनले २६ रन अनि युवराज प्रधानले २३ रनको योगदान दिएका थिए। २६ रन बनाउने सचिन म्यान अफ् द म्याच चयन भएका थिए। तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको दोस्रो दिनको खेल विषयमा अायोजक समितिको पक्षमा सुभम प्रधानले विस्तृत रूपमा बताएका छन्। उनले बताए अनुसार उक्त क्रिकेट टुर्नामेन्टमा विजेतालाई २५,००० (पच्चीस हजार) र उप विजेतालाई १५,००० (पन्ध्र हजार) नगदराशिसहित आकर्षक ट्रफी प्रदान गरिने भएको छ। उनले बताए अनुसार तीनधारे महानदी समष्टी स्तरीय उक्त क्रिकेट टुर्नामेन्टमा समष्टीका युवाहरूलाई विशेष प्राथमिकता दिइने र एक टिममा दुईजना खेलाड़ीहरू समष्टीदेखि बाहिरको पनि खेलाउन सकिने प्रावधान राखिएको छ। उनले जनाए अनुसार अब ३० दिसम्बरमा हिरो बजार र लिंकन क्लबमाझ खेल हुनेछ। यस समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको फाइनल खेल आगामी १४ जनवरीको दिन हुने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement