जलपाईगुडी: बिहीबार राति सडक दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। मृत्यु हुने युवकको नाम मुकेश कुमार (२४) रहेको बताइएको छ। उनको घर झारखण्डमा छ। स्रोतका अनुसार मृतक युवकका आफन्त बिहारका शैलेन्द्र कुमारसँग काम गर्थे। बिहीबार राति गाडीबाट धान खाली गरेर हुस्लु डांगा टोल गेट नजिकैको क्षेत्रमा गाडी पार्क गरेर खाना खाएपछि युवक मोबाइल लिएर हिँडिरहेका थिए। पुलिसका अनुसार सडक पार गर्ने क्रममा हुस्लु डङ्गा बस स्टेन्डनजिकैको इलाकामा उनलाई गाडीले ठक्कर दिएको हुनसक्छ। खबर पाएलगत्तै पुलिस घटनास्थलमा पुगेर लासलाई मैनागुडी ग्रामीण अस्पतालमा लगियो।ड्युटीमा रहेका डाक्टरले मृत घोषणा गरे। दुर्घटनाबारे पुलिसले आफन्तजनलाई जानकारी दिएको छ।