अब जम्मा ५ वटा गाडीद्वारा शहरको मैला उठाउने
खरसाङ: खरसाङ शहरलाई सफा र स्वाच्छ राख्नलाई खरसाङ नगरपालिकाद्वारा अझैं दुईवटा नयाँ गाड़ी ल्याएको छ। खरसाङ नगरपालिकाद्वारा जनहितको लागि खरसाङ शहरलाई सफा र स्वाच्छ राख्ने प्रयास गर्दा गर्दै पनि गाड़ीको अभाव भएकोले धेरै असुविधा भईरहेको थियो। यसको लागि खरसाङ नगरपालिकाको बोर्ड अफ् एडमिनिष्टट्रेशनमा कुरा राखेर साथै जीटीए प्रमुख अनित थापासित पनि सर सल्लाह गरेर पहल गरिरहेको र आज दुईवटा नयाँ गाड़ी फिपटिन फाईनेन्स जीएम पोर्टलबाट ल्याइएको जानकारी प्राप्त भएको छ। उक्त नयाँ गाडीको लागि खरसाङ नगरपालिकाको सहायक मुख्य क्लर्क कलकत्तासम्म पुगेर काम गरिरहेका थिए। आज नगरपालिकाले दुईवटा गाड़ी ल्याएपछि खरसाङ नगरपालिकाको जम्मा ५ वटा गाड़ीहरू भएको छ। अब ५ वटा गाड़ीहरूलाई लिएर खरसाङ नगरपालिकाद्वारा खरसाङ शहरलाई सफा र स्वाच्छ राख्नलाई निरन्तर प्रयास गर्ने खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन्। उनले आज ल्याइएको यो नयाँ गाडीलाई लिएर शहरको मैला फ्याँक्ने ठाउँसम्म पुगेर निरीक्षण र ट्रायल गरिएको बताएका छन्। उनले अब यो पाँचवटा गाडीहरूले खरसाङ शहरको घर घरमा पुगेर मैला उठाउने साथै खरसाङ शहरलाई डम्पिङ ग्राउण्डमुक्त बनाउने बताउँदै मैला संकलन गर्नमा सबैले सहयोग गरिदिने र अब यसको खर्च बढाउन पहिलेबाटै सूचना दिएको र यसमा कसैले केही सल्लाह नदिएकोले अब खरसाङ नगरपालिकाद्वारा घर घरमा आएर मैला उठाउनलाई खर्च बढ़ाउने बताएका छन्। भाइस चेयरम्यान सुवास प्रधानले मैलाहरू जथाभावी नफ्याँकिदिने तथा मैला संग्रह गरेर सठीक ठाउँमा फ्याँक्नको लागि सबैले सहयोगल गरिदिने पनि अपील गरेका छन्।