सिलगढी: सिलगढीमा समलिङ्गीहरूले विभिन्न मागहरूका साथ ‘गे प्राइड वाक’ आयोजना गरेका छन्। उनले शुक्रबार सिलगढीको महात्मा गान्धी स्क्वायरबाट जुलुस शुरु गरेका थिए। जुलुस हिलकार्ट रोड हुँदै बाघजातिन पार्कमा समापन भएको थियो। उनीहरूले समलिङ्गी विवाहलाई कानुनी दर्जा र सन्तान धर्मपुत्रको अधिकारलगायत धेरै मागहरू उठाएका थिए। सिलगढी मात्र होइन, कोलकातालगायत धेरै ठाउँका समलिङ्गीहरूले प्राइड वाकमा भाग लिएका थिए।

यस दिन संस्थाको तर्फबाट बोधिसत्वले भने, “बालबालिका धर्मपुत्रको अधिकार लगायतका धेरै अधिकारबाट हामी वञ्चित छौं।” समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनुपर्छ। उनले सबै अधिकार दिन सरकारसँग माग गरेका छन्।”