उत्तर दिनाजपुरः उत्तर दिनाजपुरमा जग्गा विवादमा भएको झडपमा एक जना घाइते भएका छन्। यो घटना उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर थाना अन्तर्गत सुजाली ग्राम पञ्चायतको हुलुगाछ क्षेत्रमा शुक्रबार भएको हो। जग्गा विवादलाई लिएर मैनुल र हुसेनबीच झगडा भएको बताइएको छ। सो क्रममा गोली चलेको थियो। गोली लागेर कमल नामका एक युवक घाइते भएका छन्। यो घटनाले क्षेत्रमा सनसनी फैलिएको छ। घाइते युवकलाई उद्धार गरी उपचारका लागि रामगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ। तर उनको अवस्था बिग्रिएपछि ड्युटीमा रहेका डाक्टरले उनलाई उत्तर बङ्गाल मेडिकल रिफर गरेका थिए। खबर पाएर इलामपुर पुलिस चौकीबाट घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको थियो। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।