सुकुनामा रक्तदान शिविर सम्पन्न

IMG-20231229-WA0167

सुकुना: सिलगढीमा रगतको आवश्यकतालाई ध्यानमा राख्दै आज  सुकुना गेम्स एण्ड स्पोर्ट्स एसोसिएसनको भवनमा केएफसी सिलगढी र सुकुना गेम्स एण्ड स्पोर्टस एसोसिएसनको संयुक्त आयोजनामा रक्तदान शिविर सम्पन्न भयो ।  ९ महिलालगायत जम्मा ४७ जनाले रक्तदान गरे। केएफसीका कार्यकारी अध्यक्षले भने, ‘हामीले सिलगढी बाहिरबाट आउनेहरुलाई रगत दिलाएको कुराले प्रभावित भएर आज  दुई युवाहरु विकास राई र हेमन्त राई कालेबुङ जिल्लाअन्तर्गत लाभा नजिक माइपाते निवासीहरुले रक्तदान गरेl कदमतालाबाट आलोक खवासको अगुवाइमा ४ जना युवाहरु आएर रक्तदान गरेर हामीलाई सहयोग पुर्याएका छन्। देवीडाङ्गाबाट पनि श्रीमती तिलोत्तमा प्रधान आएर रक्तदान गरिन्l’ उनले सबैप्रति केएफसीले

आभार प्रकट गरेको जनाएका छन्l ‘केएफसीले युवाहरूलाई फूटबल  मात्रै नसिकाएर सामाजिक कार्य प्रति पनि रुचि राख्ने गुरुमन्त्र  बाँड्दै  रक्तदान शिविर आयोजना गरेको होl  फेरि आउँदो वर्ष २०२४ मा यस्तै रक्तदान शिवर केएफसीले आयोजना गर्नेछl’  यस अवसरमा हिमालय दर्पणका सम्पादक शिबु छेत्री, नन्दलाल शर्मा, रुद्र शर्मा, विजय सिन्चुरी, सुकुना पूर्व सैनिकका उपाध्यक्ष बीबी छेत्री, मदन राणा अतिथिको रूपमा उपस्थित थिएl क्लबको पक्षबाट कार्यकारी अध्यक्ष सुरेन प्रधान, चिफ कोच दिनकर छेत्री, सहसचिव विजय लिम्बू, वरिष्ठ सदस्य एल के राई सोताङ, शिवकुमार राई, आशिष प्रधान उपस्थित थिए।  शिविरको शुरूवात चिफ कोच दिनकर छेत्रीबाट गरिएको थियो भने अन्तिम डोनर सुदिप गिरी थिए। आज संग्रह गरेको रगत सिलगढी तराई लायन्स ब्लड ब्यांकलाई सुम्पिएको सुरेन प्रधानले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement