मिरिक: मिरिक प्रेस क्लबको तत्वावधानमा सुलोचना छेत्रीको दुईवटा म्युजिक भिडियोको एकैसाथ लोकार्पण गरिएको छ।मिरिक प्रेस क्लबको कार्यलयमा आयोजित उक्त लोकार्पण समारोह साहित्यकार कमला तामाङको अध्यक्षता गायक -सङ्गीतकार उत्तममणि बम्जनको प्रमुख आतिथ्यमा गायक-गायिकाद्वय उदय सोताङ, दिपेन गुरुङ औ सुलोचना छेत्रीद्वारा स्वरबद्ध दुईवटा म्युजिक भिडियो “के भो यो मन पनि” र “सुस्तरी सुस्तरी”-को एउटा साधारण समारोह बीच विधिवत लोकार्पण कार्यक्रम सम्पन्न भयो।
समारोहलाई सङ्गीतकार-फिल्म निर्देशक कैलाश राई, फिल्म निर्देशक निमेष प्रधान, सङ्गीत संयोजक एजाज अली, गीतकार विनय राई, गायक दिपेन गुरुङ, गायिका सुलोचना छेत्री, प्रमुख अतिथि उत्तममणि बम्जन आदिले सम्बोधन गरेका थिए। गायिका सुलोचना छेत्री औ गायक-सङ्गीतकार उत्तममणि बम्जनले गीत गाएर उपस्थित अतिथिवर्गलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए।स्वागत सम्बोधन कवि-पत्रकार मनोहर शर्मा ‘अविनाश’-ले राखेको सम्पूर्ण समारोहको सञ्चालन मिरिक प्रेस क्लबका अध्यक्ष दीपमिलन प्रधानले गरेका थिए भने धन्यवाद ज्ञापन मिरिक प्रेस क्लबका कोषाध्यक्ष बाल कृष्ण शर्माले गरेका थिए।समारोह पछि पत्रकारहरूलाई सम्बोधन गर्दै गायिका सुलोचना छेत्री अनि दिपेन गुरुङले अहिले सगीतको फाँट फराकिलो बन्दै गएको बताउदै युवा पुस्ताले पनि गीत संगीतलाई रुचाउने गरेको बताउदै अहिले पहाडमा पनि गीत संगीतको क्रेज बढ्दैछ।म्युजिक भिडियोहरु धमाधम बनिन्दै जादैछ भने ।सुलोचना छेत्रीको पहिलो संयोग एल्बम पहिलानै श्रोता समक्ष अाइसकेको छ भने यो “के भयो यो मन पनि अनि अनि सुस्तरी सुस्तरी “पनि दर्षक अनि श्रोता समक्ष पस्कि सकेका छौ भनी बताएका छन।यस म्युजिक भिडियोमा चाँदनी प्रधान अनि अविनास तामाङले अभिनय रहेको छ भने सुस्तरि सुस्तरी म्युजिक भिडियोमा सुसिका थापा अनि उत्तम छेत्रीले अभिनय गरेका छन्।