समाजका कलिला मुनाहरूलाई तिखार्दै सुनौलो बिहानीतर्फ ‘द् क्वेस्ट’

The-Quest-1

बालबालिकाहरूका लागि सप्ताहव्यापी ‘विन्टर क्याम्प’     

खरसाङ: मोबाइल फोनको लतले मानिसहरूलाई एकअर्कादेखि टाडा बनाइरहेको छl यसको असर बालबालिकाहरूमा व्यापक रुपमा बढिरहेको छl मोबाइलको उचित प्रयोग र यसबाट बालिकाहरूलाई टाडा राख्नका लागि अहिले उपचार खोज्ने क्रम भइरहेको छl अहिले हिउँदको छुट्टिका बेलामा बालबालिकाहरूलाई मोबाइलबाट टाडो राख्नका लागि खरसाङ मोन्टेभियट रोड निवासी श्रद्धा छेत्रीले नयाँ प्रयोग शुरु गरेकी छिन्l ‘द् क्वेस्ट’ स्थापना गरेर उनले यो नयाँ प्रयोग विन्टर क्याम्प थालेकी हुन्l बालबालिकाहरूलाई मोबाइलबाट टाडो राखेर उनीहरू भित्रको प्रतिभालाई उजागर गर्ने, सामाजिक, प्राकृतिक विषयमा अध्ययनका साथ सचेत गराउने यो उनको नयाँ प्रयोग होl

बालबालिकाहरूलाई पर्यावरणबारे प्राथमिक ज्ञान व्यावहारिक रुपमा दिनु यस हप्ता दिनको ‘विन्टर क्याम्प’को विशेष आकर्षण थियो

गएको १८ दिसम्बरदेखि २४ दिसम्बरसम्म एक हप्ताको विन्टर क्याम्पमा साना साना बालबालिकाहरू मनोरञ्जनका साथमा आफ्नो प्रतिभालाई उजागर गर्नसकेl पूर्ण आत्मविश्वासका साथ उनीहरूले बलिवुडका नृत्य, नेपाली नृत्य, गीत, कविता वाचन, वक्तव्यहरू प्रस्तुत गरेl दश जना दर्शकको अघि बोल्न लजाउने, डराउने बालबालिकाहरू छोटो समय एक हप्ताको अवधिमा नै आत्मविश्वासी बन्न सकेl यसमा एनिमेटेड शिक्षाको पनि प्रयोग गरिएको थियोl

एक हप्ताको यस शिविरमा बालबालिकाहरूलाई मानव मूल्यबारेमा मनोरञ्जनात्मक किसिमले कथाहरू सुनाउँदै जीवनमा असल व्यक्ति बन्ने शिक्षा दिइयोl मानव मूल्य अहिलेको समाजमा अति नै आवश्यक बनेको छl वर्तमान समयमा हरेक बालबालिका आफ्नो सुरक्षा र विकास बारेमा सचेत रहन अनि यसमा अभिभावकहरू पनि सचेत रहन आवश्यक छl ‘गुड टच, ब्याड टच’ अर्थात आफ्नो शरीरमा कसैले ‘राम्ररी छुने र नराम्रो किसिमले छुने’बारे बालबालिकाहरूले मुख्य रुपमा जान्न पर्ने अहिलेको समयअनुसार आवश्यक छl यसका साथै आफ्नो छोराछोरीलाई कसरी सुरक्षित राख्नु पर्ने भन्नेबारेमा अभिभावकहरूलाई पनि जानकारी गराइयोl यसबारेमा गैर सरकारी संस्था कञ्चनजङ्घा उद्धार केन्द्रका कार्यकर्ताहरूले जानकारी दिएl ब्रिटिस आर्मीका अप्रा. क्याप्टेन तथा समाज सेवक टी टी लामाले २४ दिसम्बर शिविर समापनको दिन बालबालिकाहरूलाई ज्ञानवर्धक कुराहरू सुनाएl खरसाङको थट्टीथ्री ड्रीम केफेमा अभिभावकहरूका लागि आयोजित समापन कार्यक्रम ‘मिनी शो’मा बालबालिकाहरूले क्यारोल गीत, नेपाली लोक नृत्य, बलिवुडका नृत्यहरूका साथमा कविता वचन गरेl यस कार्यक्रममा अभिभावकत्वका बारेमा दिव्या सलुजा बिन्द्राले र दीपशिका लामाले उपचारात्मक शिक्षाको बारेमा भिडियोमार्फत सचेतनामूलक वक्तव्य प्रस्तुत गरे।

बालबालिकाहरूलाई पर्यावरणबारे प्राथमिक ज्ञान व्यावहारिक रुपमा दिनु यस हप्ता दिनको ‘विन्टर क्याम्प’को विशेष आकर्षण थियोl सोनादामा अवस्थित टीडी (टीआईईईडी)मा लगेर बालबालिकाहरू पर्यावरणबारेमा प्राथमिक ज्ञानका साथ्मा व्यावहारिक रुपमा जानकारी पदान गरियोl ‘द क्वेस्ट’की संस्थापक श्रद्धा छेत्रीले सफल कार्यक्रमको लागि सबैलाई धन्यवाद जनाइन्l शुभकामनासहित प्रमाणपत्र र स्मृति चिन्ह प्रदान गरिन्l भविष्यमा समाज थाम्ने कलिला मुनाहरूका विभिन्न किसिमका सृजनात्मक प्रतिभाहरूलाई र खोज्ने र तिखार्ने ‘द् क्वेस्ट’को यो कार्यक्रम उपयोगी बनेको छl  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement