राँची: प्रधानमन्त्री नरेन्द्र मोदीले ३० दिसम्बर शनिवारको दिन राँची-वाराणसी वन्दे भारत ट्रेनलाई हरियो झण्डा देखाउनेछन्। रेल मन्त्रालयले आगामी जनवरी महिनादेखि उक्त ट्रेनको परिचालन शुरू गर्नेछ।
रेलवेले ट्रेनको समय सारणी जारी गरेको छ जसानुरास वन्दे भारत एक्सप्रेसको बनारसदेखि राँचीसम्मको यात्रा मात्र ६ घण्टा २० मिनटमा पूरा हुनेछ। दक्षिण पूर्व रेलवेले यसको तयारी शुरू गरेको छ।
यो ट्रेन लोहरदगा टोरी भएर गुज्रिनेछ। यो ट्रेन शुरू हुनु भएपछि राँचीदेखि सञ्चालन हुने वन्दे भारत ट्रेनको संख्या तीन पुग्नेछ। हाल एउटा ट्रेन राँचीदेखि पटना अनि दोस्रो राँचीदेखि हावड़ासम्म सञ्चालन भइरहेको छ। यस अतिरिक्त पटनादेखि हावड़ा अनि हावड़ादेखि पुरी जाने वन्दे भारत एक्सप्रेस पनि झारखण्ड भएर गुज्रिन्छ।
वर्तमानमा राँची औ बनारसमाझ चारवटा ट्रेनहरूको परिचालन अलग-अलग रूट भएर भइरहेको छ जसमा ११ घण्टाको समय लाग्छ, तर वन्दे भारत ट्रेनमा ६ घण्टा २० मिनटको समय लाग्नेछ। बनारस-राँची वन्दे भारत एक्सप्रेस बनारसदेखि बिहान ५:५० बजे प्रस्थान हुनेछ जुन मध्यान्ह १२:१० बजे राँची पुग्नेछ। त्यसपछि अपरान्ह १:३० बजे राँचीदेखि प्रस्थान भएर साँझ ७:५० बजे बनारस पुग्नेछ।
भाड़ाको दर १,३९० रुपियाँदेखि २,६०० रुपियाँसम्म
राँची-बनारस वन्दे भारत एक्सप्रेस ट्रेनमा एसी चेयरकारको भाड़ा १,३९०-१,४०० अनि एक्जीक्यूटिभ क्लासको भाड़ा २,५४५ रुपियाँदेखि २,६०० रुपियाँसम्म हुनसक्छ। यद्यपि यस ट्रेनको टाइमिङ्ग अनि भाड़ालाई लिएर हाल अन्तिम फसेला गरिएको छैन।