कोलकातामा छापामारीमा ईडीले जफत गऱ्यो दुई करोड़ रूपियाँ

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः प्रवर्तन निदेशालय (ईडी) ले बिहिवार यहाँ एक आवासमा मेराथन छापामारी र तलाशी अभियान चलाएको छ। यस अवधि भारी मात्रामा नगदी जफत गरिएको छ। सूत्रहरू अनुसार, जफत गरिएको पैसा दुई करोड़भन्दा धेरै हुनसक्छ तर सही रकम गन्ने प्रक्रिया समाप्त भएपछि मात्र थाहा लाग्नेछ। यो घर रोबिन यादवको हो, जसले कोलकाताको केस्टोपुर क्षेत्रको रवीन्द्रपल्लीमा यस घरलाई भाड़ामा लिएको थियो।

अधिकारीहरू अनुसार, रोबिन अहिले फरार छ। सूत्रहरू अनुसार, घर मालिकले ईडी अधिकारीहरूलाई बताए, यादव केही समयअघि घरमा ताला लगाएर गयो र तबदेखि आएको छैन। यादवले एक अन्य व्यक्तिको साथ मिलेर घर भाड़ामा लिएको थियो जसलाई उसले घर मालिकलाई आफ्नो साथी भनेको थियो। दोस्रो व्यक्ति पनि फरार छ। यद्यपि, यो पैसा जफत गरिनु पश्चिम बंगालमा कुनै मनी लन्ड्रिङ घोटालासित सम्बन्धित मामिला होइन, जसको ईडी र केन्द्रिय जाँच ब्यूरो (सीबीआई) ले पहिलेदेखि अलग-अलग जाँच गरिरहेछ।

यादव बिहारको पटनास्थित करोड़ौं रूपियाँको साइबर धोखाधड़ीको सम्बन्धमा वान्टेड हो। बिहिवार बिहानैदेखि ईडीका अलग-अलग टीमहरूले पश्चिम बंगालमा स्कूल र नगर पालिकाहरूमा नौकरीहरूका लागि नगदीको दुई केसको जाँचको सम्बन्धमा कोलकाताका विभिन्न क्षेत्रहरूमा नौ स्थानमा छापामारी गरिरहेका छन्। जुन ठाउँहरूमा छापा मारियो, त्यसमा एक चार्टर्ड अकाउन्टेन्टको कार्यालय र दुई व्यापारीहरूको आवास सामेल छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement