भाजपाले नागरिकता मुद्दाको राजनीतिकरण गरिरहेछ- ममता

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः केन्द्रिय गृहमन्त्री अमित शाहको तर्फबाट पश्चिम बंगालमा कुनैपनि स्थितिमा संशोधित नागरिकता अधिनियम (सीएए) लागू गर्ने चेताउनीमा एक पल्ट फेरि ममता ब्यानर्जीले हमला गरेकी छन्। बिहिवार उत्तर २४ परगनाको देगंगामा एक सम्मेलनलाई सम्बोधित गर्दै भनिन्, भाजपाले नागरिकताको मुद्दाको राजनीतिकरण गर्ने प्रयास गरिरहेछ। उनले यो पनि स्पष्ट गरिन्, लोकसभा चुनाउमा बंगालमा भाजपा विरूद्ध लड़ाईको नेतृत्व कांग्रेसले नै गर्नेछ। उनले माकपा र कांग्रेसमाथि भाजपासित मिलीभगतको आरोप पनि लगाइन्।

उनले भनिन्, तृणमूलले आगामी लोकसभा चुनाउमा राज्यमा भाजपा विरूद्ध लड़ाईको अगुवाई गर्नेछ। तृणमूल प्रमुख ममता ब्यानर्जीले पार्टी कार्यकर्ताहरूको एक सभालाई सम्बोधित गर्दै भनिन्, भाजपाले विपक्षी दलहरूका नेताहरूमाथि चोरको छाप लगाइरहेकी छन्। देशमा एक यस्तो व्यवस्था बनेको छ, जहाँ लोकतन्त्रको सञ्चालन केन्द्रिय एजेन्सीहरूद्वारा गरिन्दैछ।

माकपा, भाजपा र कांग्रेसले पश्चिम बंगालमा गठबन्धऩ बनाएको छ र सक्रिय रूपमा हामी विरूद्ध प्रचार गरिरहेछ। विपक्षी गठबन्धऩ बनाएको छ विपक्षी गठबंधन इण्डियन नेशनल डेवलपमेन्टल इन्क्लूसिव अलायन्स (ईंडी गठबन्धन) ले राष्ट्रव्यापी स्तरमा भाजपा सामना गर्नेछ जबकि पश्चिम बंगालमा भाजपा विरूद्ध लड़ाईको नेतृत्व तृणमूलले नै गर्नेछ।

ममताले केन्द्रिय गृह मन्त्री अमित शाहको नागरिकतालाई लिएर दिइएको एक बयानको जवाफमा यो टिप्पणी गरेकी हुन्। अमित शाहले मंगलवार एक बयानमा भनेका थिए, नागरिकता (संशोधन) अधिनियमको कार्यान्वयनलाई कसैले रोक्न सक्दैन किनभने यो देशको कानून हो। शाहले ब्यानर्जीमाथि यस मुद्दामा मानिसहरूलाई भ्रमित गरेको आरोप पनि लगाएका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement