कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बिहिवार इशार-इशारैमा केन्द्रको भाजपा सरकारमाथि हमला गर्दै धर्मको राजनीति गरेको आरोप लगाइन्। उनले पार्टीको विचारधाराहरूदेखि माथि उठेर सबै धर्महरूको सम्मान गर्नुमाथि जोड दिइन्।
उत्तर २४ परगना जिल्लाको चकलामा बाबा लोकनाथ मन्दिरमा पूजा-अर्चना गर्न पुगेकी ब्यानर्जीले भनिन्, चुनाउमा धर्महरूको राजनीतिकरण बन्द गरिनुपर्छ। विश्वभरिका कुनैपनि धर्मले हिंसाको वकालत नगरेर करूणा, प्रेम र भाईचारालाई प्रोत्साहन दिन्छ। कसैको नाम नतोकी तृणमूल कांग्रेसकी प्रमुखले भनिन्, हामीले सबै धर्महरूको सम्मान गर्नुपर्छ। संसारको कुनैपनि धर्मले हिंसाको प्रचार गर्नु सिकाउँदैन। सबै धर्मले हामीलाई अधिक दयालु हुनु तथा प्रेम र भाईचारा फैलाउनु सिकाउँछ। हामी केवल चुनाउ आउँदा राजनीति गर्न धर्मको सम्मानमा विश्वास गर्दैनौं।
ब्यानर्जीले पश्चिम बंगाललाई न केवल एक मनपर्ने पर्यटन स्थल तर धार्मिक पर्यटनको केन्द्रको रूपमा पनि पहिचान दिलाउनमाथि जोड दिइन्। बंगालमा धेरै धार्मिक स्थल छन्, जसलाई राज्य सरकारले पर्यटन स्थलहरूको रूपमा प्रचार प्रसार गरिरहेछ, उनले भनिन्।