उत्तर २४ परगनाः लोकसभा चुनाउ २०२४ अघि उत्तर २४ परगना जिल्लामा तृणमूल कांग्रेसलाई दुरूस्त गर्न बिहिवार आयोजित कर्मी सम्मेलनमा भाग लिन पुगेकी राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले जिल्लामा चलिरहेको तृणमूल कांग्रेसको आपसी गुटबाजी विरूद्ध रोष व्यक्त गरिन् औं यस गुटबाजीमा सामेल तृणमूल नेताहरूलाई कड़ा सन्देश दिएकी छन्। ममता ब्यानर्जीले भनिन्, पार्टीमा आपसी गुटबाजी सहन गरिनेछैन। वस्तुतः उत्तर २४ पगना जिल्लामा बारम्बार तृणमूल कांग्रेसमा आपसी गुटबाजीको खबरहरू आइऱहेछ। हालमा विधायक सोमनाथ श्याम र सांसद अर्जुन सिंहको बयानबाजीले तृणमूल खेमा निक्कै नै असहज भएको थियो। धेरै बैठकहरूपछि पनि विवादको समाधान निस्केको छैन।
यद्यपि, मञ्चबाट ममता ब्यानर्जीले कसैको नाम नतोकी भनिन्, म कुनैपनि झगड़ा सहन गर्नेछुइन। केही नेताले आफूलाई धेरै ठूलो सम्झिरहेका छन् र उनीहरूले कसैको खयाल गर्दैनन्। हामीले जमीनी स्तरमा मानिसहरूको सेवा गर्नुपर्छ, आफ्नो होइन।
उनले पार्टी नेताहरू र मन्त्रीहरूलाई जनसम्पर्क बढ़ाउने निर्देश दिइन् औं भनिन्, मन्त्रीहरूले जिल्लाको अधिक यात्रा गर्नुपर्छ। मानिसहरूको समस्याहरूमाथि ध्यान दिनुपर्छ। यदि खाँचो पऱ्यो भने चियाको दोकानमा बस्नुपर्छ। लोकसभा चुनाउअघि ममताले पुरानो र नयाँ नेताहरूलाई मिलेर काम गर्ने सन्देश पनि दिइन्। उनले स्पष्ट गरिन्, वरिष्ठ नेताहरूको अनादर गर्नमिल्दैन। ममताले तृणमूलको आपसी गतिरोधलाई रोक्न एक कोर कमिटी पनि बनाइन्।
-हिस