कोलकाताः महानगर कोलकाताको जादवपुर विश्वविद्यालय (जेयू) मा एडमिशनमा पनि भ्रष्टाचारको आरोप लागेको छ। हालमा हटाइएका अन्तरिम कुलपति बुद्धदेव सावले विश्वविद्यालयको प्रवेश प्रक्रियामा कथित अनियमतिताहारूको केन्द्र स्तरमा जाँचको माग गरेका छन्। उनले यसको निम्ति विश्वविद्यालय अनुदान आयोग (यूजीसी) लाई चिट्ठी लेखेका छन्। यसमा उनले पीएचडी स्तरमा प्रवेश प्रक्रियामा यस्तै किसिमको अनियमितताहरू भएको दाबी गरेका छन्।
सावले भने, यूजीसी वा केन्द्रिय जाँच ब्यूरो (सीबीआई) ले मामिलाको गहन जाँच गर्नुपर्छ। उनी अनुसार, पहिलो अनियमितता सुपर-न्यूमेरिकि स्तरमा प्रवेशको निम्ति सुपर- न्यूमेरिक पदको सृजनमा भयो, जुन यूजीसीद्वारा निर्धारित दिशा-निर्देशहरूको खुल्ला उल्लङ्घन थियो। उनले आरोप लगाए, २०१७ मा शुरू गरिएको पीएचडी स्तरको प्रवेशमा सुपर-न्यूमेरिक पोस्टको यो प्रणाली आयोगको औपचारिक सहमतिबिना सालैपछि चल्दै आएको छ।
उनले यो पनि दाबी गरे, उनलाई अन्तरिम वीसीको पदबाट यस्तो समय हटाइयो जब उनले विश्वविद्यालय भित्र यस प्रकारको अनियमित नियुक्तिहरू विरूद्ध कारबाही गर्ने प्रयास गरिरहेका थिए। उनले भऩे, यसैले म यस मामिलाको केन्द्रिय स्तरको जाँचको अपील गरिरहेछु चाहे त्यो यूजीसी वा सीबीआईद्वारा होस्।
-हिस