आवासीय क्षेत्रबाट चितुवाको शव भेटियो

IMG-20230528-WA0320-5-300x172-8

जलपाइगढ़ीः चिया कमान नजिक एक आवासीय क्षेत्रमा बिहीवार एउटा चितुवाको शव भेटिएको छ। घटना मटेली ब्लकको बिधाननगर ग्राम पञ्चायतको पश्चिम बताबारी क्षेत्रको हो।

बिहिवार बिहान स्थानीय निवासीहरूलाई क्षेत्रमा एउटा खाली ठाउँ चितुवाको शव देखे। खबर फैलिनसाथ चितुवालाई हेर्न क्षेत्रमा भारी भीड़ लाग्यो। यसको सूचना वन विभागको खुनिया स्क्वाडलाई दिइयो। सूचना पाएर वनकर्मी घटनास्थलमा पुगे औं चितुवाको शवलाई आफ्नो कब्जामा लियो। चितुवाको पेट र टाउँकोमा गम्भीर चोटको निशान छ। खुनिया स्क्वाडको रेन्जर सजल कुमार दे अनुसार, चितुवाको मृत्युको सही कारण पोस्टमार्टमपछि नै थाहा लाग्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement