जलपाइगढीः राजगञ्ज ब्लक अन्तर्गत बिन्नागढ़ी ग्राम पञ्चायतको सेल्टरबाड़ीमा पत्नीको मृत्यु भएको केही बेरपछि पतिले पनि फन्दामा झुण्डेर आत्महत्या गरेको छ। मृतक दम्पत्तिको नाम रमेश महतो (२५) र काकली विश्वास (२२) बताइएको छ। पति-पत्नीको मृत्युले क्षेत्रमा शोकको लहर छ।
पारिवारिक सूत्रहरू अनुसार, लगभग डेढ़ वर्षपहिले रमेश र काकलीले प्रेम विवाह गरेका थिए। बुधवार साझँ छेवैमा एक बिहे समारोहमा जान दुवै तयार भए। केही बेरपछि रमेश बिहेको गिफ्ट लिन बजार गयो। र घर फर्किन्दा घरको दैले बन्द थियो। जब घरको दैलो भत्काएर रमेश भित्र पस्दा पत्नी फन्दामा झुण्डेकी थिइन्।
यसपछि उसलाई अस्पताल लगियो, जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरे। यसबीच पत्नीको मृत्युपछि रमेश भित्रबाट भाँचियो। जसपछि आज बिहान परिजनहरूले रमेशको शव पनि घर नजिक चिया कमानमा फन्दामा झुण्डेको पाए। घटनाको खबर पाउनसाथ आमबाड़ी चौकी पुलिस घटनास्थलमा पुग्यो र शवलाई पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिक कलेज एवं अस्पताल पठायो। पुलिस पूरा घटनाको जाँचमा जुटेको छ।