सिलगढीमा पाँचौँ अन्तर्राष्ट्रिय राजवंशी फिल्म फेस्टिभल सुरु

sdg-1.png

सिलगढी: राजवंशी चलचित्रलाई जीवित राख्ने उद्देश्य लिएर सिलगढीमा पाँचौँ अन्तर्राष्ट्रिय राजवंशी फिल्म फेस्टिभल सुरु भयो। आज साँझ सिलगढीको दीनबन्धु मञ्चमा उक्त उत्सव सुरु भएको छ। यस उत्सव दुई दिनसम्म चल्ने छ। आज दीनबन्धु मञ्चमा र भोलि शुक्रबार गोसाईपुरमा उक्त उत्सव सम्पन्न हुनेछ। उक्त उत्सवको माध्यमद्वारा विभिन्न चलचित्र प्रदर्शन गरिनेछ। लगभग १५ वटा भन्दा अधिक फिल्म फेस्टिभलमा प्रदर्शित गरिनेछ। आयोजक संस्थाले राजवंशी फिल्म फेस्टिभलको माध्यमद्वारा राजवंशी समुदायको संस्कृति अघि ल्याउने प्रयास गरिएको हो। यस वर्ष उक्त उत्सवको पाँचौँ वर्षमा राजवंशी समुदायका प्रतिष्ठित कलाकारहरूको चलचित्र प्रदर्शित गरिनेछ। राजवंशी चलचित्रको परम्परालाई जीवित राख्नको लागि प्रत्येक वर्ष यस महोत्सवको आयोजना गर्ने गरेको संगठनको तर्फबाट जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *