सिलगढी: सुकान्तनगर सुकान्त स्पोर्टिङ क्लबको सञ्चालनमा कुन्डुपुकुर मैदानमा टी-२० नक आउट क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ। आज चौथो क्वार्टर फाइनल हो। प्राप्त जानकारी अनुसार गत २३ दिसम्बरमा सिलगढी नगरनिगमको ३८ नम्बर वार्डको कुन्डुपुकुर मैदानमा दोस्रो वार्षिक अन्डर १४ टी-२० नक आउट क्रिकेट प्रतियोगिताको आधिकारिक उद्घाटन गरियो। उक्त प्रतियोगितामा राज्यका विभिन्न जिल्लबाट मोठ १६ जना टोलीले अंश ग्रहण गरेको छ। जसमा पुरुलिया, मालदा, बहरामपुर, अलिपुरद्वार, जलपाईगढी र बीरपाडा सामेल छ। आश्रमपाडा अग्रगामी संघ बनाम वाईएमए बहरामपुरमाझ आज चौथो क्वार्टर फाइनल सम्पन्न भयो। आज वाईएमए बहरामपुरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि २० ओभरमा १० विकेटमा १२७ रनको लक्ष्य राखेको थियो। आश्रमपाडा अग्रगामी संघले १९ ओभरमा ४ विकेटमा १३० रन बनाएर जीत हासिल गरेको छ। सुकान्तनगर सुकान्त स्पोर्टिङ क्लबका सचिव जयब्रत सान्यालले बताएअनुसार यस टुर्नामेन्टमा पश्चिम बंगालको विभिन्न ठाउँबाट ससाना खेलाडीहरूले अंश ग्रहण गरेका थिए। उक्त प्रतियोगिताको फाइनल म्याच आगामी ३१ दिसम्बरमा सम्पन्न हुनेछ।









