एसएसबीद्वारा निःशुल्क ब्युटिशियन प्रशिक्षण शिविरको उद्घाटन

a96f3f70-ec4c-4120-8f2c-0c1b1f3d5a95

कालचिनीः एसएसबी ३४ वाहिनी जलपाईगढ़ी मुख्यालयको आयोजनामा नागरिक कल्याण कार्यक्रम अन्तर्गत बिहीबार जयन्ती बीओपी अन्तर्गत जयन्ती गाउँका युवती औ महिलाहरुको निम्ति २० दिनको निःशुल्क ब्युटिशियन प्रशिक्षण शिविरको उद्घाटन सम्पन्न भएको एसएसबी ३४ वाहिनी सुत्रले जनाएका छन्। यस अवसरमा एसएसबी ३४ वाहिनीका उपमहानिरीक्षक ऋषिकेश शर्मा, द्वितीय कमान अधिकारी पवन कुमार, उपकमान्डेन्ट राजीव राणा लगायत क्षेत्रका गणमान्य अतिथिहरुको उपस्थिति रहेको थियो।
नागरिक कल्याण कार्यक्रम अन्तर्गत गाउँले युवा र युवती औ महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले ब्युटिशियन, कम्प्यूटर, टेलरिङ आदिमाथि निशुल्क प्रशिक्षण एसएसबीले दिँदै आइरहेको र बिहीबार यसै क्रममा जयन्तीमा क्षेत्रका महिलाहरूलाई २० दिनको ब्युटिशियन प्रशिक्षण आरम्भ गरिएको एसएसबी ३४ वाहिनीले जनाएका छन्। यता एसएसबीको यस पहललाई गाउँले औ प्रशिक्षणार्थीहरूले स्वागत तथा प्रशंसा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement