एनएचआईडीसीएल परियोजना पीडितहरूद्वारा राज्यपालसॅंग भेट

n569423202170377913900267304fd1a3b948e88d9108d6c057441646ded33f12751561435ea37c9dfcf5be.jpg

गान्तोक: तिमी नामफिङ अन्तर्गत तार्कु, तनक, आमले, दलेप र आदर्श गाउॅंका एनएचआईडीसीएल परियोजना पीडितहरूको एक प्रतिनिधि टोलीले आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा भेट गऱ्यो।

प्रतिनिधि टोली भाजपा सिक्किमका अध्यक्ष डीआर थापाको विशेष प्रबन्धमा आएका थिए भने थापाले पनि हालैमा उक्त गाउॅंहरूको भ्रमण गरेर स्थानीय मानिसहरू र पीडितहरूसॅंग अन्तरक्रिया गरेका थिए।

प्रतिनिधि टोलीको राज्यपालसॅंग सकारात्मक बैठक भएको जानकारी प्रदेश भाजपाले आज जारी एक प्रेस विज्ञप्तिमा जानकारी गराएको छ। राज्यपालले पीडितहरूका समस्या धैर्यपूर्वक सुने अनि मन्त्रालय र सम्बन्धित निकायको समन्वयमा ती समस्याहरूलाई सम्बोधित गर्ने आश्वासन दिए।

प्रतिनिधि टोलीलाई भाजपा सिक्किम किसान मोर्चा राष्ट्रिय कार्यकारी विकास प्रधानले अगुवाई गरेका थिए। उनको साथमा मण्डल अध्यक्ष पीटी भोटिया, ललित शर्मा र कमल शर्मा पनि सामेल थिए। पीडित परिवारहरूले डीआर थापा र भाजपाप्रति लम्बित गुनासो सम्बोधित गर्न पहल गरिदिएकोमा आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement