क्षतिपूर्तिको माग गर्दै विजयपुर बस्तीका बासिन्दाहरू

c3e5b1f3-f348-4421-8ff3-dc778241d7d9

कालचिनीः बक्सा ब्याघ्र प्रकल्पको कोर क्षेत्रबाट दुईवटा गाउँ गंगुटिया बनबस्ती र जयन्ती नदीपारी रहेको भोटे बस्ती सार्ने प्रक्रिया अघि बढ़िरहेको छ। यस क्रममा २४२ जना गाउँले लाभार्थीहरुको ब्याङ्क खातामा १५ लाखको आधा रकम साँढ़े सात लाखगरी क्रेडिट भईसकेको छ। यसै क्रममा नै राज्य सरकारले कोर क्षेत्रबाट सरुवा हुने गाउँलेहरूलाई पुनर्वास गर्ने उद्देश्यले कालचिनी खण्डको भाटपाड़ा चियाबारीको अच्छापाड़ा संलग्न विजयपुर बस्तीको खाली जमीन चिन्हित गरेर उक्त जमीनलाई सफाई गर्न काम शुरु गरेका छन्।
यता विजयपुर बस्तीको उक्त बाँझो जमीनमा आ-आफ्नो खेत रहेको दाबी गर्दै सो जमीनको दखल सरकारले सित्तैमा गर्न नदिने र यसको क्षतिपूर्ति सरकारले गर्नु पर्ने दाबी विजयपुरका बासिन्दाहरूले गर्दै आईरहेका छन्। यता अलिपुरद्वार जिल्ला प्रशासनले गाउँलेहरूलाई जमीनको कागज देखाउने र यसको आवेदन गर्ने बताएता पनि वैद्य कागजपत्र कसैको नरहेको तर पुस्तादेखि कमाएर आएको जमीनको न्याय दिनु पर्ने दाबी गरेका छन्। यस सम्बन्धमा प्रशासनिक पक्षबाट कुनै जवाफ तत्काल नपाएता पनि गाउँलेहरुले आ-आफ्नो गुनासो व्यक्त गरेका छन्। गाउँलेहरूले पुस्तादेखि कमाएर आएको जमीनको कागजपत्र नभएको भन्दै त्यसै सरकारले दखल गर्न सक्दा यसको भरपाई पनि गर्नु सक्नु पर्ने र यसप्रति गाउँलेहरू सरकारतर्फ आश लगाई बसेको गाउँलेहरूको भनाई रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement